Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

विद्यालय सञ्चालकलाई कारवाहिको माग

सोमबार, १७ फागुन २०७२

काठमाडौ - विद्यालयको सवारी साधनले ठक्कर दिएर ज्यान गुमाएका दुई जना चिकित्सकका आफन्तले उक्त सवारी साधन प्रयोग गरेको विद्यालय र त्यसका सञ्चालकलाई कारवाहि गर्न माग गरेका छन् । चालक, विद्यालय सञ्चालक एवं गाडि मालिकलाई नियन्त्रणमा लिएर कारवाहि गर्न उनीहरुको माग छ ।

त्रिवी शिक्षण अस्पतालमा एमडी गरिरहेका चिकित्सकहरु सन्दीप सुवेदी र सनि आनन्दलाई गत फागुन ९ गते विद्या संस्कार स्कुल (चेल्सी ईन्टरनेसनल) को बसले ठक्कर दिएको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

सोमबार पत्रकार सम्मेलन गरेर मृतकका आफन्तले चालकले लाईसेन्स लिएको नौ वर्षको अवधीमा २७ पटक कारवाही भोगेको कुरा सार्वजनिक भईसकेको भन्दै चालक सहित विद्यालय र सञ्चालक माथि छानविन गरी कारवाहीको माग गरेका हुन ।

पाटन अस्पतलाका चिकित्सक तथा आनन्दका ठूलो बुबा डा. भरतकुमार यादवले पर्यटक बोक्ने सवारी साधनमा विद्यार्थी ओसार्नु नै गल्ति भएकोले विद्यालय सञ्चालक र ट्राभल सञ्चालक सहितका दोषीमाथि ज्यान मुद्दामा कारवाही हुनु पर्ने माग गरे ।

डा. सुबेदीका आफन्त किशोर खनालले घटनाको निष्पक्ष छानविन गरी हदैसम्म सजाय हुनुपर्ने माग गरे ।

पत्रकार सम्मेलनमा नेशनल रेसिडेण्ट एसोसिएसनका अध्यक्ष राजेश भुर्तेल र स्टुडेण्ट वेलफेयर कमिटिका अध्यक्ष प्रवेश विक्रम सिंह लगायतले  दोषिमाथि कडा कारवाही र क्षतिपूर्तिको माग गरे ।

पत्रकार सम्मेलनमा उनीहरुले घटनाको निष्पक्ष छानविन गरी भविष्यमा घटना दोहोरिन नदिने गरी ब्यवस्था गर्नु पर्ने, दुर्घटना भएको मार्गलाई सञ्जीव सन्नी आनन्द मार्ग नामाकरण गर्नु पर्ने लगायतका माग समेत गरे ।

अनुसन्धानका क्रममा प्रहरीले विद्यालय सञ्चालक * सुधिरकुमार झालाई नियन्त्रणमा लिएको छ । झालाई प्रहरीले शनिवार सप्तरीस्थित घरबाटै नियन्त्रणमा लिएको हो ।
२० बर्ष पुराना गाडी काठमाडौं उपत्यकामा चलाउन बन्देज लगाए पनि ग्लोबल टुर्स एन्ड ट्राभल्सको नाममा रहेको हरियो प्लेटको उक्त बस सन् १९९० सालमा बनेको प्रहरीले जनाएका छ ।

* सच्याईएको

प्रकाशित मिति २०७२ फागुन १७ गते

प्रतिक्रिया