Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

केन्द्रीय कारागारभित्र कलेज

सोमबार, १७ फागुन २०७२

काठमाडौँ, १७ फागुन । केन्द्रीय कारागारभित्र चालू आर्थिक वर्षदेखि प्लस टुसम्मको नियमित पढाइ सुरु भएको छ ।  जेलका कैदी बन्दीले प्राइभेट तर्फबाट कलेज पढ्न पाउँथे । तर, कलेजमै गएर पढ्न पाइने सुविधा थिएन।

विश्वविद्यालयले जेलभित्रै परीक्षा लिने गर्दथ्यो । अब भने नियमित रुपमै कक्षा लिएर उनीहरुले पढ्न पाउने भएका छन् । कैदी बन्दीलाई सुधार गर्ने नीतिअुसार कारागारभित्र स्कुल पनि सञ्चालनमा छन् । जहाँ सरकारको स्थायी दरबन्दी समेत छन् । 

बाहिरी शिक्षकका सार्थ कैदी बन्दीसमेतले शिक्षकका रुपमा पढाउँछन् । केन्द्रीय कारागारस्थित जथन्नाथ उमाविमा २३४, भद्रजेलको बन्दी विकास निमाविमा ८८ तथा महिला बन्दी विकास प्राविमा ८४ जना विद्यार्थी अध्ययनरत छन् । 

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

 

 

प्रतिक्रिया