Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

मृत्यू भएका शिक्षकसँग अख्तियारले माग्यो सम्पति विवरण

सोमबार, १७ फागुन २०७२

 काठमाडौँ, १७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त शिक्षशिक्षिकासँग समेत सम्पति विवरण भर्न भन्दै पत्र पठाएको छ । 

उदयपुर हँडिया गाविसस्थित खेराहा प्राविमा कार्यरत शिक्षिका गंगादेवी ढकालको २०६० सालमै मृत्यु भएको थियो । तर, मृत्यु भएको १२ वर्षपछि अख्तियारले आर्थिक वर्ष ७२र७३ सुरुमा सम्पत्ति विवरण नबुझाएको भन्दै जिल्ला शिक्षा कार्यालय उदयपुरमार्फत पत्र पठाएको छ । 

उदयपुरमा ३ सय ९८ जना शिक्षकशिक्षिकाको नामावलीमा मृत्यु भइसकेका एक दर्जन बढी शिक्षाको नामावली समेत समावेश भएको छ । 

(राजधानी दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया