Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

प्रधानमन्त्रीलाई न खादा, न आशन ग्रहण !

आइतबार, १६ फागुन २०७२

ललितपुर - कार्यक्रम – संघीय नेपालको नयाँ शिक्षा नीतिका लागि राष्ट्रिय शिक्षा आयोग विषयक राष्ट्रिय कार्यशाला

प्रमुख अतिथी – प्रधानमन्त्री, 

आयोजक – शिक्षा मन्त्रालय,

मन्त्रालयनै आयोजक अनी प्रधानमन्त्रीनै प्रमुख अतिथी भएपछि उनलाई स्वागत गर्न भन्दै गाडिको ढोकै देखि पुष्पगुच्छा र खादा ओढाउनेको लाम हुने नीयमित प्रकृयाको अड्कल काटेका सहभागिहरु त्यतिखेर छक्क परे, जतिखेर उक्त अड्कल विपरित प्रधानमन्त्री सभाकक्षमा प्रवेश गरे ।

कार्यक्रमका प्रमुख अतिथीलाई आयोजकले पुरौंला झैं गरेर माला र खादा पहिर्याउने चलन देख्दै र भोग्दै आएकाहरुले आईतबार भिन्नै कार्यक्रम देखे ।

प्रमुख अतिथीलाई खादा नओढाएको मात्रै हैन, मञ्चमा न सभापति  न आशन ग्रहणका लम्बेतान प्रकृया !

प्रमुख अतिथी आउनु अघिनै ६ जना सभासद्लाई मञ्चमा राखिसकिएको थियो । शिक्षाविद्, शिक्षाका अन्य सरोकारवाला तथा पत्रकार लगायत सहभागिहरु दर्शक दिर्घामा बसिसकेका थिए ।
प्रधानमन्त्री आउनासाथ कार्यक्रम सञ्चालक समेत रहेका शिक्षा विभागका महानिर्देशक खगराज बरालले सिधै कार्यक्रम शुरु गरे ।

शिक्षा सचिव विश्वप्रकाश पण्डितले स्वागत गरे  ।

राजनीतिज्ञ र प्रशासकमा ईमान्दारीता नभई हुन्न शिक्षामा रुपान्तरण

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कार्यक्रमको बारेमा बोले ।

शिक्षामा अधिकार सम्पन्न आयोग

अनी पालो आयो प्रधानमन्त्री केपी शर्मा वलीको । कार्यक्रमको यो ढाँचा उनलाई पनि मन परेछ !  

'यस कार्यक्रमबाट तपाईहरुले अलिकति नयाँ ढाँचा शुरु गर्नु भएछ, सभापति कसैलाई बनाउनु भएको छैन' उनले भने, 'हरेक कार्यक्रममा सभापति आशन ग्रहण, यसलाई अलि घटाउँदै लानु पर्छ, तपाईहरुले त्यसलाई अगाडि बढाएकोमा धन्यवाद छ ।'

औपचारिकतामा समय खेर फाल्नु भन्दा विषय बस्तुलाई महत्व दिन कार्यक्रमको ढाँचामा परिवर्तन गरिएको बरालले बताए ।

'खादा ओढाउने, बुके दिने जस्ता कामले एकातिर समय खेर जाने र अर्कातिर ती सामग्रीको प्रयोग नै अनाबश्यक हुने हुँदा खर्च समेत जोगिने त्यस माथि यस्ता औपचारिकताले कार्यक्रमको मुख्य विषय नै ओझेलमा पर्ने हुन्छ' बरालले भने, 'आशन ग्रहण गर्दा गर्दै खेर जाने समयलाई बरु विषयबस्तुको छलफलमा केन्द्रित गर्न पाए उपयोगि हुन्थ्यो नी भन्ने ठानेर अलिकति फरक गरिएको हो ।'

सम्बन्धित खबर :

शिक्षा आयोगबारे बहस : प्रधानमन्त्री भन्छन् नीति बनाउँदा नक्कल नगरौं

प्रकाशित मिति २०७२ फागुन १६ गते

प्रतिक्रिया