Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

इक्यानका नव निर्वाचित पदाधिकारीद्धारा शपथ र पदभार ग्रहण

आइतबार, १६ फागुन २०७२

काठमाडौँ, १६ फागुन । विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने कन्सल्टेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निर्वाचित पदाधिकारीले शपथ संगै पदभार ग्रहण गरेका छन् । 

शनिबार भएको निर्वाचनमा प्रकाश पाण्डेले अर्का प्रत्यासी सरोज बस्नेतलाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए ।  कुल २ सय ५६ मत खसेकामा पाण्डेले १ सय ४२ प्राप्त गरेका थिए । 

राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष पाण्डेलाई अधिवक्ता ज्योति अधिकारीले शपथ गराएपछि अध्यक्ष पाण्डेले अन्य पदाधिकारीलाई शपथ गराएका हुन् ।   शपथ लगत्तै निवर्तमान अध्यक्ष राजेन्द्र बरालले नयाँ कार्यसमितीलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । 

नव निर्वाचित अध्यक्ष पाण्डेले शपथ ग्रहणपछि इक्यानलाई सक्षम एवम पारदर्शी बनाएर विदेश जाने विद्यार्थीलाई थप सहयोगीका रुपमा सक्षम बनाएर अगाडी बढाउने दाबी गरे । 

 

 

प्रतिक्रिया