Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

टिसर्ट बेचेर बहिरा स्कुललाई सहयोग

बुधबार, १२ फागुन २०७२

काठमाडौँ, १३ फागुन । बहिरा विद्यालयको शौचालाय र स्नानगृह निर्माणका लागि अमेरिका बस्ने महालक्ष्मी महतले २ लाख ५० हजार सहयोग उपलब्ध गराएकी छिन् ।  जन्मस्थल गोरखाको चरिकोटस्थित भीमेश्वर पुगेकी महतले बहिरा विद्यालयको भवन बनाउनका लागि अमेरिकामा टिसर्ट बेचेर जम्मा भएको रकम सहयोग गरेकी हुन् ।

नेपाली राष्ट्रियता झल्कने टिसर्ट डिजाईन गरी बिक्री गरेको रकमले बहिरा बालबालिकाको सहयोगमा खर्चन पाउ‘दा खुसी भएको उनले बताइन् । टिर्सट बेच्नका लागि उनका दुई छोरीहरु पनि सक्रिय भएका थिए ।  रकम बुझै बहिरा विद्यालयकी सल्लाहाकार सरुना श्रेष्ठले भूकम्पपछि तहसनहस भएको विद्यालयको संरचना बनाउनका लागि प्राप्त सहयोगको सही सदुपयोग गर्ने बताइन् ।

भीमेश्वर नगरपालिका किरातीछाप जन्म घर भएकी महतले माइती गाउ‘ आएको मौकामा गौरीशंकर बहुमखी क्याम्पसमा २ लाख ५० हजारको छात्रबृत्ति कोष पनि स्थापना गरेकी छिन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया