Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

उत्कृष्ट विद्यार्थीलाई त्रिविले जागिर दिने

बुधबार, १२ फागुन २०७२

काठमाडौँ, १३ फागुन । आफूबाट सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी सङ्कायमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीलाई त्रिविले जागिर दिने बताएको छ ।

अनेरास्वियु (क्रान्तिकारी) ले बुधरबा राजधानीमा आयोजना गरेको ‘प्राध्यापक नियुक्ति प्रक्रिया र त्रिभुवन विश्वविद्यालयको भविष्य’ विषयको अन्तर क्रिया कार्यक्रममा त्रिविका उपकुलपति तीर्थराज खनियाले अबका दिनमा प्राध्यापक नियुक्त गर्दा राजनीतिक भागबन्डाले नभई प्रतिस्पर्धाका आधारमा गरिने तथा करार र ज्यालादारी प्राध्यापक नियुक्ति नगरिने स्पष्ट पारे ।

सो अवसरमा अखिल (क्रान्तिकारी) का अध्यक्ष रमेश मल्लले त्रिविमा प्राध्यापक नियुक्त गर्दा ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धाका आधारमा गरिनुपर्ने माग गरे ।  त्रिविका रेक्टर डा सुधा त्रिपाठीले विश्वविद्यालयको व्यवस्थापन राम्रो हुन देशमा राजनीतिक स्थिरता आवश्यक रहेको बताए ।

पूर्वरेक्टर महेन्द्र सिंहले उच्च शिक्षाको नीतिमा नै परिमार्जन गरिनुपर्ने दिए ।

रासस

प्रतिक्रिया