Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

मौका परीक्षाको नतिजा सार्वजनिक हुँदै

बुधबार, १२ फागुन २०७२

भक्तपुर - कक्षा ११ को मौका परीक्षाको नतिजा बुधबार सार्वजनिक हुँदै छ । गत माघ २९ गते भएको परीक्षाका लागि ५१ हजार ६ सय विद्यार्थीले फर्म भरेका थिए । गत पुस ३० गते सार्वजनिक भएको नतिजामा एक विषय फेल भएका विद्यार्थीले मौका परीक्षा दिएका थिए ।
नतिजा सार्वजनिक गर्ने सबै प्रकृया पुरा भएको र बेलुकी सम्म सार्वजनिक गर्ने नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।
परीक्षा भएको ६ महिना पछि उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा सार्वजनिक गरेको थियो । जसमा ४९.२० प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । नियमिततर्फ कुल २ लाख ४३ लाख ७ सय ३१ जना विद्यार्थी परीक्षामा सामेल भएकामा १ लाख १९ हजार ९ सय १६ विद्यार्थी उतीर्ण भएका थिए ।

यस्तै आंशिकतर्फ ३४.६५ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । १ लाख २६ हजार ९ सय ३० जना विद्यार्थीले परिक्षा दिएकामा ४३ हजार ९ सय ८३ जना उतीर्ण भएका थिए ।
कक्षा ११ को परीक्षा गत असार १ गते देखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गते देखि भएको थियो ।

प्रकाशित मिति २०७२ फागुन १२ गते

प्रतिक्रिया