Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

अष्ट्रेलियामा नेपाली विद्यार्थीको बढ्दो मृत्यु : नयाँ विद्यार्थीलाई भुक्तभोगीको सुझाव

सोमबार, १० फागुन २०७२
Dila Kharel

हिजोआज अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको दुखद निधन भएको खबरहरु आउन थालेका छन । यसले मलाई निकै चिन्तित र दुखित बनाएको छ ।

म आफु पनि विद्यार्थी कै रुपमा अस्ट्रेलिया आएको र विद्यार्थी कालका दु:ख भोगेको भुक्तभोगी भएकोले केहि सुझाबहरु नव आगन्तुक भाई बैनीहरु लाई राख्न चाहन्छु:

१. नबिर्सौं हामी पढ्न आएका हौं, हाम्रो प्रगती उचित शिक्षाले मात्र सम्भब छ ।

२. काममा मात्र तल्लिन नहुने, युनी फी पुग्ने गरी पार्ट टाइम मात्र काम गर्ने । पढाईलाई पहिलो प्राथमिकता दिने । फि नपुगे घर बाट सपोर्ट लिने या सम्भब भए साथी भाइ बाट केहि समयको लागी सर्-सापटी लिने । एक बिषय फेल भैयो भने, एक्स्ट्रा काम गरेको सबै खेर । कामको दुख: अनि फेलको चिन्ता एक साथ ।

३. नोभेम्बरमा हुने summer vacation को अधिक्तम सदुपयोग गर्ने अनि अर्को सेमेस्टरको फि पुर्याउने ।

४. उचित आहारमा ध्यान दिने । काम र पढाईको दोहोरो प्रेसरलाई उचित खानाले पचाउनु पर्छ । फास्टफुड कम खाने। घरमा खाना खाने बानी बसाल्ने ।

५. अभिभाबकहरुले अस्ट्रेलिया गए पछी डलर फल्छ भन्ने भ्रम नपाल्ने । फलानोको छोरोले पैसा पठाएर घरको तला थप्यो, खै तेरो ताल यै हो भनेर प्रेसर नदिने । त्यस्को सट्टा पढाईमा चासो राख्ने ।

६. सबैसँग health cover भएको हुँदा नियमित स्वास्थ परीक्षण गर्ने । लगातार काम र पढाई ले गार्हो भएमा day off लिन कन्जुश्याइँ नगर्ने । स्वास्थ नै धन हो ।

७. युनीको पढाई सकिए पछी जिबिकोपार्जन कामलाई कम गर्ने, अनि करियर हुने कामको खोजीको निम्ती समय निकाल्ने । नत्र केहि पैसाको लोभले जिबिकाको काम बाट कहिलै उन्मुक्ती पाउन सकिदैन ।

८. क्रेडिट कार्डको उचित सदुपायोग गर्ने, सम्भब भए नलिने, लिए पनि कम पैसाको लिने । क्रेडिट कार्ड निकै पछी सम्म पनि आर्थीक प्रगतीको बाधक बनेको देखेको छु ।

९. पोकर र क्यासिनो जाँदै नजाने, सिक्दा पनि नसिक्ने । यो समस्या धेरै नेपालीमा देखेको छु अनि बिल्लिबाँठ भएको पनि देखेको छु ।

१०. सधैँ ड्रीन्क्स नगर्ने । रमाइलोको निम्ती बढीमा हप्ताको एक पटक २-४ पेग चाहिँ अन्यथा नहोला ।

११. हामी माथी ठुलो आश राखेर बसेको हाम्रो परिवार छ । उचित समय निकालेर कुराकानी गर्न नबिर्सौ अनि परिवार प्रतिको जिम्मेबारी नभुलौँ ।

१२. सन्तुलित जीबन शैली अपनाउँ ।

अरु पनि निकै छन तर यो फेसबुकमा सम्भब नहोला । सन्दर्भ मिले एउटा लेख नै लेखुँला । हुन त सबै कुरा लागु गर्न ब्यबहारिक रुपमा कठिन होला, तर जीबन प्रती सकारात्मक हुने हो भने असम्भब पनि नहोला ।
आफुलाई लागेको, देखेको अनि भोगेको कुरा शेयर गर्न मन लागेको हो, रचनात्मक रुपमा मनन गर्नु होला ।

प्रतिक्रिया