Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

जापानको स्कूल शिक्षाका १० रोचक पक्ष

सोमबार, १० फागुन २०७२

 

Mana Prasad Wagley

१. स्कूल बसको व्यवस्था छैन, सबै बिद्यार्थी बस वा ट्रेनबाट आउने जाने गर्छन

२. कक्षा सफा गर्नको लागि कुनै पियन वा ज्यानिटर हुँदैनन्, दैनिक आफ्नो कक्षा सफा गर्नु विद्यार्थीको काम भित्रै पर्छ/

३. लन्च खानको लागि छुट्टै क्यान्टिन हुन्न/ कक्षामै बसेर खाने हो; स्कूलकै खाना खानु पर्छ भन्ने छैन, घरबाटै ल्याउन पनि सकिन्छ तर जंक फूड लान पाइन्न/

४. कक्षा १ देखि ९ सम्म कक्षा चढ्ने क्रम रोकिन्न सबैजना खुरुखुरु माथिल्लो कक्षा चढेकै देखिन्छन/ राम्रो काम पाउन राम्रै विश्वविद्यालयको डिग्री चाहिने र राम्रो विश्वविद्यालय भर्ना हुन दिनु पर्ने प्रवेश परिक्षा राम्रै माध्यमिक बिद्यालय पास गरेकाले मात्र उत्तीर्ण हुन सक्ने भएकाले माध्यमिक विद्यालयको प्रवेश परिक्षा अति प्रतिस्पर्धात्मक हुन्छ/

५. त्यस्तो प्रवेश परीक्षाको तयारीका लागि बिद्यार्थीहरु cram school मा भर्ना हुन्छन/ आफ्नो स्कूलको परिक्षा भन्दा भोली हुने माध्यमिक र उच्च शिक्षाको प्रवेश परिक्षामा पास हुनु इज्जतको सवाल हुन्छ/

६. शिक्षकहरु प्रत्येक बर्षको शैक्षिक सत्रमा अर्कै बिद्यालयमा सरुवा हुन सक्छन/

७. पहिलो त्रैमासिक पछि ६ हप्ता बिदा, दोस्रो त्रैमासिक पछि २ हप्ता बिदा र तेस्रो त्रैमासिक पछि १ हप्ता बिदा हुन्छ/ शैक्षिक सत्र अप्रिलमा शुरु हुन्छ/

८. प्राथमिक कक्षा ६ बर्षको, निम्न माध्यमिक ३ बर्षको र माध्यमिक ३ बर्षको गरी १२ बर्षको बिद्यालय शिक्षा हुन्छ/ कक्षा ९ सम्म अनिवार्य शिक्षा लागू हुन्छ/

९. घरबाट लगाएर आएको जुत्ता लगाएर कक्षामा जान पाइन्न/ त्यो जुत्ता फुकालेर लकरमा राख्ने र कक्षामा जानको लागि अर्कै जुत्ता लगाउनु पर्छ/ विद्यार्थीले स्कूलको निर्देशन अनुसार त्यस्तो जुत्ता किनेको हुन्छ/

१०. बिद्यालय समय भित्र शिक्षक र विद्यार्थीका लागि सबै नियम समान हुन्छन/

स्रोत: बिभिन्न

प्रतिक्रिया