Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

परिवर्तनको तयारीमा त्रिभुवन विश्वविद्यालय

सोमबार, १० फागुन २०७२

काठमाडौँ, १० फागुन । त्रिभुवन विश्वविद्यालयले पठन—पाठन र परीक्षा प्रणालीलाई परिवर्तन गर्ने भएको छ। त्रिविका विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिश्पर्धी बनाउने उद्देश्यले पठन पाठन र परीक्षा प्रणालीलाई समयानुकुल परिवर्तन गर्न लागिएको विश्वविद्यालयका उपकुलपति डा. तिर्थराज खानियाले बताए। 

विश्वविद्यालयले पठनपाठन पद्धति र परीक्षा प्रणाली परिवर्तनका लागि क्षेत्रीय स्तरमासमेत परामर्श गरिरहेको खानियाले जानकारी दिए। विश्वविद्यालयले विराटनगरमा पनि विचार गोष्ठीको अयोजना गरी यहाूका प्राध्यापकहरूको सुझाव लिएको छ। गोष्ठीमा पूर्वाञ्चलका प्राध्यापकहरूले त्रिविले आफ्ना गतिविधि समय सान्दर्भिक परिवर्तन गर्दै लानुपर्ने धारणा राखेका थिए।

त्रिवि पूर्वाञ्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा भएको गोष्ठीमा प्राडा बेदराज आचार्य र केन्द्रीय कार्यालय प्रशासक बिपिन्द्र राजभण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलमा त्रिविको परीक्षालाई मर्यादित बनाउन उत्कृष्ट योगदान गर्ने २१ जना प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

सम्मान पाउनेहरूमा प्राडा मेदिनीप्रसाद शर्मा, डा. भोला राउत, रामहरि पोखरेल, सुरेशकुमार श्रेष्ठ, महेश खत्री, कमल दास, हर्क सुब्बा, खगेन्द्र चापागाईं, सूर्यकुमार यादव, कपिलदेव यादव छन्। यस्तै डा. अर्जुन बराल, प्राडा सूर्य संग्रौला, मधुसुदन यादव, गोविन्द गुरागाईं, दिव्यराज चापागाईं, गीता श्रेष्ठ, तुलसीराम चौहान, कमलजंग राई, भुपराज रिजाल र शिवकुमार दास लाई पनि सम्मानित गरिएको छ। 

कार्यक्रममा २ सय २५ क्याम्पसका ३ सय ५० प्राध्यापकहरू सहभागि भएको सहपरीक्षा नियन्त्रक डा. उद्धव पोखरेलले बताए ।

-(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया