Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

इक्यान चुनाव : पाण्डे प्यानलको उम्मेद्धारी घोषणा

आइतबार, ०९ फागुन २०७२

काठमाडौँ, ९ फागुन । आगामी २ बर्षका लागी फागुन १५ गते हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नेतृत्वका लागी वर्तमान कार्यसमितीका प्रथम उपाध्यक्ष प्रकाश पाण्डे प्यानलले उम्मेद्धारी घोषणा गरेको छ। 

संस्थापन पक्षबाट अध्यक्ष राजेन्द्र बरालको उपस्थितीमा आइतबार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अध्यक्षका उम्मेद्धार पाण्डेले आफ्नो प्यानलको घोषणा गरेका हुन् । पाण्डे समूहको उपाध्यक्षमा विष्णुहरी पाण्डे, शालिकराम भण्डारी र यशोदा भट्टराईले उम्मेद्धारी घोषणा गरेका छन् । 

यस्तै महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा श्रीराम पौडेल र देविदास भट्टराईले उम्मेद्धारी दिएका छन् ।  यस्तै कोषाध्यक्षमा खड्ग ताम्लिङ र सह–कोषाध्यक्षमा रमेश वाग्लेले उम्मेद्धारी घोषणा गरेका छन् । 

पाण्डे प्यानलको सदस्यहरुमा (कास्की प्रतिनिधीसहित) गोविन्द अधिकारी, दीपकराज भुषाल, निरुपमा महर्जन, बालकृष्ण श्रेष्ठ, प्रदीप मण्डल, प्रकाश श्रेष्ठ र यज्ञ विलास पौडेल रहेका छन् । यता असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका वर्तमान उपाध्यक्ष सरोज बस्नेतले पनि केही दिनमै आफु्नो प्यानलले उम्मेद्धारी घोषणा गर्ने जानकारी एडुखबरलाई दिए । 

उम्मेद्धारीको घोषणा गर्दै अध्यक्षका प्रत्यासी प्रकाश पाण्डेले इक्यानलाई नयाँ र अहिलेको समय अनुसार पद्धतिमा सञ्चालन गर्न उम्मेद्धारी घोषणा गरेको भन्दै आफ्नो प्यानलको जितमा शंका नगर्न आग्रह गरे ।  

२०६३ सालमा स्थापना भएको इक्यानले विदेश पढ्न जाने विद्यार्थीलाई परामर्श दिने गरेको छ। पछिल्लो समय नेपालको शिक्षा गुणस्तरीय र अन्तराष्ट्रियस्तरको नभएको भन्दै लाखौँ विद्यार्थी विदेश जाने गरेका छन् । 

 

प्रतिक्रिया