Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

विना लाईसेन्स शिक्षक बन्ने ब्यवस्थाको विरोधमा आन्दोलन घोषणा

सोमबार, ०२ चैत्र २०७१

काठमाडौं २ चैत / विना लाईसेन्स पढाउन पाईने ब्यवस्थाको विरोधमा रहेका विद्यार्थीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । शिक्षा शास्त्रका विद्यार्थीहरुको केन्द्रीय संयुक्त संघर्ष समितिले चैत ५ गते देखि १७ गते सम्म आन्दोलनका विभिन्न कार्यक्रम तय गरेका छन् ।

जस अनुसार चैत ५ गते सम्म देशभरीका शिक्षा क्याम्पसहरुमा संघर्ष समिति गठन गर्ने, ६ गते जिल्ला शिक्षा कार्यालयहरुमा ज्ञापनपत्र पेश गर्ने, ८ गते शिक्षा संकायका डीन कार्यालयहरुमा सचेतनापत्र बुझाउने तय भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रम अनुसार १० गते शिक्षा क्याम्पसहरु अगाडी प्रदर्शन सहित शंसोधित नियमावली जलाउने, १३ गते सरोकारवालाहरु विच बहस चलाउने र १७ गते प्रधानमन्त्री निवास अगाडी शिक्षक लाईसेन्स सहितको प्रदर्शन गर्ने रहेको छ ।

विद्यार्थीले तालिम प्राप्त शिक्षकसँग पढ्न पाउने बालबालिकाको अधिकार कुण्ठित भएको ठहर समेत गरेका छन् । 

गत माघ २६ गते भएको शिक्षा  नियमावलीको नवौं संशोधनमा केही प्राविधिक विषयहरुमा विना लाईसेन्स पनि शिक्षक हुन पाउने ब्यवस्था गरिएको थियो । पढ्नुहोस् शिक्षा ऐनसित बाझिने गरी शिक्षक सेवा आयोग नियमावलीको नवौँ संशोधन

संशोधित नियमावली शिक्षा ऐनसँग बाझिएकोले तुरुन्त खारेजीको माग गर्दै ३ दिनको अल्टिमेटम सहित विद्यार्थीले गएको फागुन २५ गते शिक्षक सेवा आयोगमा ज्ञापनपत्र बुझाएका थिए । उक्त मागमा सुनुवाई नभएपछि बाध्य भएर संघर्षमा उत्रनु परेको विद्यार्थीले जनाएका छन् ।

पढ्नुहोस् विना लाईसेन्स पढाउन पाईने ब्यवस्थाको विरोध

त्यस लगत्तै एडुखबरसँगको अन्र्तवार्ताका क्रममा शिक्षक सेवा आयोगका अध्यक्ष उदयराज सोतीले भनेका कुरा पनि पढ्नुहोस् दरबन्दी यकिन नहुँदा शिक्षक आयोग खुल्न सकेन: सोती

दक्ष एवं तालिम प्राप्तले मात्रै अनुमति पत्र वा शिक्षक सेवा पदको लागि प्रतिस्पर्धा गर्न पाउनु पर्र्ने, राहत लगायत विभिन्न शिक्षकको नाममा अतिरिक्त अँक दिने प्रणाली समेत खारेजी हुनु पर्ने तथा संशोधित नियमावली शिक्षा ऐनसँग बाझिएको आन्दोलनरत विद्यार्थीले ठहर गरेका छन् ।

शिक्षा शास्त्रमा अहिले करिव ४ लाख विद्यार्थी अध्ययनरत रहेको र ६ लाखले लाईसेन्स लिएको अवस्थामा सरकारी निर्णय हचुवामा भएको समितिका संयोजक विजय गौतमले बताए ।

प्रतिक्रिया