काठमाडौँ, ८ फागुन । झापाको शनिअर्जुन नगरपालिका–३ मा रहेको नवदुर्गा निम्न माध्यमिक विद्यालयको दुई कोठे पक्की भवनको शुक्रबार सांसद प्रेम गिरीले शिलान्यास गरे । जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रु १३ लाखको आर्थिक सहयोगबाट विद्यालयले दुई कोठे भवन निर्माण गर्न लागेको हो ।
भवनको निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रधानाध्यापक रुद्रप्रसाद खतिवडाले बताए । सोही विद्यालय परिसरमा स्थानीय दाता लोकबहादुर बुढाथोकीले रु एक लाख ५० हजार खर्च गरेर सरस्वतीको मन्दिर निर्माण गरेका छन् ।
रासस
प्रतिक्रिया