Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

अनेरास्ववियुको मतगणनामा नविना लामाको अग्रता

शनिबार, ०८ फागुन २०७२

काठमाडौँ, ८ फागुन । शुक्रबार देखि शुरु नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना शनिबार पनि जारी छ । 

एमाले पार्टी कार्यालय धुम्बाराहीमा उपत्यका क्षेत्रबाट सुरु गरिएको मतगणनाको पछिल्लो परीणाम अनुसार अध्यक्षमा नविना लामा र महासचिवमा अब्दुल हुसेन खाँ अगाडि देखिएका छन । नयाँ नेतृत्वका लागि दीपक गौतम र नविना लामा प्यानल सहित प्रतिष्पर्धामा छन ।

कुल ३०० मतगणना भएकामा नविना लामाको १९९ र दिपक गौतमको पक्षमा १५७ मत परेको छ ।  यस्तै महासचिवमा लामा प्यानलका ऐन महरको १७० र अब्दुल हुसेन खाँको पक्षमा १७३ मत परेको छ ।

लामा प्यानलबाट उपाध्यक्षमा उठेका रश्मी आचार्यः १३२ , शैलेश लामाः ११५ , महेस बर्तौलाले ११७   र सुनिता बरालले १०२ मत ल्याएका छन । यस्तै गौतम पक्षबाट उपाध्यक्षमा उठेका जीवन राईले ११०, निलकण्ठ आचार्यले १०४, राधिका खतिवडाले १०३ र सरोज यादवले ९१ मत ल्याएका छन ।

सचिवमा लामा प्यानलबाट अमृत बुढाले  १२५, समिक बडालले १३३, आरसी लामिछानेले १२५, कमला बोहराले ११३, मकर खड्का ११७, दुर्गानन्द ठाकूरले ८९ र वसन्त ढकालले ९० मत ल्याएका छन । 

यस्तै गौतम प्यानलबाट सचिवमा वसिम आलमले १४४, सुदेश पराजुलीले १२८, आरती लामाले  १२८,    भक्तकुमारी लामाले १०८, भीम रावल ९१, गौतम राईले १०८  र अशेष घिमिरेले ९१ मत ल्याएका अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । 

 

प्रतिक्रिया