काठमाडौँ, ८ फागुन । जवाहरलाल नेहरु नेहरु विश्वविद्यालय विद्यार्थी यूनियनका अध्यक्ष कन्हैया कुमारको गिरफ्तारीप्रती अखिल क्रान्तिकारीले विरोध जनाएको छ। जेएनयूमा अफजल गुरुको समर्थनमा भएको कार्यक्रममा भएको झडप र देशद्रोहको आरोपमा उनलाई पक्राउ गरिएको थियो।
कन्हैयालाई पक्राउ गरेर मोदी सरकारले नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्राज्ञिक स्वतन्त्रताको धज्जी उडाएको आरोप क्रान्तिकारीले लगाएको छ। ' प्राज्ञिक थलोभित्र नाङ्गो रुपमा राज्य आतंक मच्चाउँदै जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी यूनियनका अध्यक्ष कन्हैया कुमारले दिएको अभिव्यक्तिलाई लिएर उनलाई गिरफ्तार गर्ने, विद्यार्थीहरुलाई विश्वविद्यालयबाट निष्काशन गर्ने र प्राध्यापकहरुलाई आतंकित पार्ने खालका अलोकतान्त्रिक हर्कतको हामी घोर निन्दा र भत्र्सना गर्दछौु' अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लद्वारा हस्ताक्षरीत विज्ञ्प्तिमा भनिएको छ।
(नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया