Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

‘ग्रेडिङ’ प्रणालीको भ्रम हटाउनुपर्छः शिक्षामन्त्री 

शनिबार, ०८ फागुन २०७२

काठमाडौँ, ८ फागुन । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले प्रवेशिका (एसएलसी) परीक्षामा लागू गरिएको ग्रेडिङ प्रणालीका विषयमा उत्पन्न भ्रम चिर्न आवश्यक रहेको बताएका छन् । 

शुक्रबार गेटा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ग्रेडिङ् प्रणाली लागू भएबाट परीक्षामा अनुत्तीर्ण हुने परीक्षार्थीको सोच यसअघिको जस्तो नकारात्मक नहुने धारणा व्यक्त गरे । 

पोखरेलले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको कामलाई अगाडि बढाउन पहल भइरहेको दाबी समेत गरे । 

रासस 

 

प्रतिक्रिया