Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

सेण्ट जेभियर्सको अभिभावक दिवस

शुक्रबार, ०७ फागुन २०७२

ललितपुर - सेण्ट जेभियर्स स्कुल जावलाखेलले अभिभावक दिवस मनाएको छ । कक्षा १ र २ को अभिभावक दिवसका अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । विद्यार्थीले देश प्रेम झल्काउने सहित मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरे ।

उक्त अवसरमा  विद्यार्थीले नाटक समेत प्रस्तुत गरेका थिए । व्यस्तताको वहानामा अभिभावकले आफ्ना सन्तानलाई समय नदिदाँको असरबारे प्रस्तुत नाटक अभिभावकले निकै रुचाए ।

स्कुलका प्रिन्सिपल अमृत राईले आफ्ना नानीहरुलाई समय नदिदाँ उनीहरुको वृत्तिविकासमै असर पर्ने भएकोले वालवालिकालाई उचित समय सहित ध्यान दिन आग्रह गरे । ईन्धन अभावका कारण विद्यालय सञ्चालनमा कठिनाई भए पनि अभिभावक र विद्यालयलाई मायाँ गर्नेहरुबाट पाएको साथले पठन पाठन रोक्न नपरेको बताए । 'हाम्रै अभिभावकहरुको साथ र सहयोगले त्यत्रो संकटमा पनि हामीले विद्यालय सञ्चालन गर्न सक्यौं' उनले भने. 'एक शैक्षिक सत्रमा आवश्यक १ सय ९० दिनको पठन पाठनमा हामी शैक्षिक सत्र सकिदाँ १ सय ९७ दिन सम्म पठन पाठन गर्न सक्ने भएका छौं ।'

कक्षागत रुपमा अभिभावक दिवस मनाउने चलन अनुसार शुक्रबार कक्षा १ र २ को अभिभावक दिवस मनाईएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७२ फागुन ७ गते 

प्रतिक्रिया