Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

पर्सामा आठ जना कैदी बन्दी एसएलसी दिदैं

मंगलबार, ०३ चैत्र २०७१

slc examको लागि तस्बिर परिणामपर्सा ३ चैत / यस वर्ष जिल्लामा आठ जना कैदी बन्दी एसएलसी परिक्षामा सामेल हुदैं छन् । पर्सा जिल्ला कारागारमा रहेका कैदी बन्दी मध्ये पर्साका छ जना र बाराका दुई जना गरी आठ जना सहभागि हुदैछन् ।

परिक्षा दिनेहरुमा पर्साका विदेशी साह, सन्तोष दास, जंगबहादुर पटेल, नरेन्द्र महतो थारु, सनम सोनार, जिवन बस्नेत छन्  । यसैगरी बाराका जयदीप यादव र अमित कुमार सर्राफले पनि कारागारमै एसएलसी दिदैछन् । उनीहरुलाई कारागार भित्रै परिक्षा दिने व्यवस्थामा मिलाईको जिल्ला शिक्षा कार्यालय पर्साले जनाएको छ ।

कैदी जीवन विताइरहेका मध्ये विदेशी साह, जंगबहादुर पटेल र सन्तोष दास कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका छन् भने जीवन बस्नेत, अमितकुमार सर्राफ, नरेन्द्र महतो थारु, सनम सोनार लागु औषध मुद्धामा सजाय भोगिरहेका छन् ।

जयदीप यादव अपहरण मुद्धामा सजाय भोगिरहेको छन् । कैदी जीवन विताइरहेका मध्ये बाराका जयदीप र अमित दुई महिनादेखि कारागारमा सजाय भोगिरहेका छन् । विदेशी साह चार वर्ष देखि जिल्ला कारागारमा पर्सामा छन् ।

गत बर्ष ५ जना कैदी बन्दीले परीक्षा दिएका थिए ।

प्रतिक्रिया