Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

हाजिरी जवाफमा शिल्ड र मेडल वितरण !

शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ, ७ फागुन । शुक्लागण्डकी नगरपालिका तनहुँको आयोजना र भाइब्रेसन मिडीया काठमाडौँको संयोजनमा शुक्लागण्डकी नगरपालिका अन्तर बिद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । 

नगरपालिकाभित्रका १८ वटा सामुदायीक तथा निजी बिद्यालयहरुबिचको प्रतिस्पर्धाबाट पन्चमुनीदेव उच्च माध्यमिक बिद्यालय प्रथम, माउन्ट अन्नपूर्ण एकेडेमी द्वितिय, बाल विद्या मन्दिर तृतिय र लिटिल गार्डेन ईङ्गलीश बोर्डिङ स्कुल चतुर्थ भएका छन । 

कार्यक्रममा प्रथम हुने टोलीले गोल्डेन गेट इन्टरनेशनल कलेज, काठमाडौँको तर्फबाट कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तीको प्रमाणपत्र वितरण गरिएको थियो ।  त्यस्तै प्रथम, द्वितिय, तृतिय र चतुर्थ टोलीलाई क्रमश नगद नौ हजार, छ हजार,चार हजार पाँच सय र तिन हजार रुपैयाका साथै आकर्षक शिल्ड, मेडल, आकर्षक पुरस्कारहरु र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक एवं भाइब्रेसन मिडीयाका प्रबन्ध निर्देशक बिष्णु गैरेले जानकारी दिएका छन् । 

पन्चमुनिदेव उच्च माध्यमिक बिद्यालयमा दुई दिनसम्म चलेको उक्त कार्यक्रममा पन्चमुनिदेवका बिद्यार्थीहरुले सांष्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए ।  कार्यक्रमले नगरपालीकाका बिद्यार्थीहले फरक खालको प्रतिस्पर्धाको अनुभुती गर्न पाएको र आँउदा दिनमा पनि नगरपालीकाले यस्ता खालका कार्यक्रम गर्नुपर्नेमा सहभागी अभिभावक एवं शिक्षक शिक्षीकाले जोड दिएका थिए । 

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागीलाले बिद्यार्थीको बहुआयामीक विकासका लागी नगरपालिकाले यस्तो खालको कार्यक्रम आयोजना गरेको र आँउदा दिनमा पनि विभिन्न खालका प्रतिस्पर्धाको आयोजना गर्ने बताएका छन । 

(घनश्याम खड्काबाट)

 

प्रतिक्रिया