Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अनेरास्ववियु सम्मेलनको मतगणना आज 

शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ, ७ फागुन । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि बिहिबार भएको मतदानको गणना शुक्रबार हुने भएको छ।  अध्यक्ष मण्डलले शुक्रबारदेखि मतगणनाको तयारी गरेको युनियनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए। 

सत्र पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि भएको निर्वाचनको मतगणना नेपाल प्रज्ञा–प्रतिष्ठानमा गरिने बताइएको छ ।  अध्यक्षमा संस्थापन पक्षबाट नविना लामा र पूर्वमहासचिव माधव नेपाल पक्षबाट दीपक गौतमले प्यानलमा चुनावमा उत्रिएका थिए । 

देशभरका एक हजार ५९७ प्रतिनिधिले मतदान गरेका थिए । गत बिहीबारदेखि जारी सम्मेलनको समय लम्बिँदा मतदान ढिला भएको थियो । 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया