Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

सामाजिक विषयको पाठ्यक्रममा सुचनाको हक

शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ, ७ फागुन । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक पूर्णरुपमा कार्यान्वयनका लागि पाठ्यक्रममा सूचनाको हकको विषयवस्तु समावेश गरिएको बताएका छन् । 

सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले विहिबार आयोजना गरेको अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा उनले कक्षा ६ देखि १० सम्म सामाजिक विषयमा सूचनाको हकसम्बन्धी एक पाठ राखिने निर्णय भएको बताए ।

उच्च शिक्षामा पनि सूचनाको हकको विषय राख्ने तयारी भइरहेको जानकारी गराउँदै उनले त्रिभुवन विश्वविद्यालयमा सूचनाको हकका विषयमा शोध उपाधिका लागिसमेत तयारी भइरहेको जानकारी दिए ।

एकतीस वटा सार्वजनिक निकाय तथा मन्त्रालय र १८० वटा राजनीतिक पार्टीलाई सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि तीनबुँदे आदेश गरिसकिएको र अब गैरसरकारी तथा निजी निकायलाई पनि आदेश गर्ने उनको भनाइ थियो । 

सो कार्यक्रममा बाँकेका प्रजिअ वेदप्रकाश लेखकले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका सूचना अधिकारीले प्रत्येक महिनाको १५ गते कार्यालयका गतिविधि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने निर्णय भएको बताउँदै छ महिनामा कार्यालयका सम्पूर्ण विवरण सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा केन्द्रका राकेशकुमार मिश्रले जिल्लामा सूचनाको हकको प्रयोग तथा कार्यान्वयनको अवस्था र सफलताको बारेमा जानकारी गराएका थिए । 

रासस 

 

प्रतिक्रिया