Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालयमै उपचार सुरु

विहीबार, ०६ फागुन २०७२

काठमाडौँ, ६ फागुन । जिल्लाका प्राथमिक विद्यालयमा प्राथमिक उपचार सेवा सुरु गरिएको छ ।  ‘सेभ द चिल्डे«न’को सहयोग तथा सामाजिक सेवा केन्द्र ९सोसेक०को समन्वयमा एकीकृत परियोजनले जिल्लाका प्राथमिक विद्यालयमा अकस्मात दुर्घटना हुँदा बालबालिकाको स्वास्थ्यस्थिति विग्रिन नदिन प्राथमिक उपचार सेवा सुरु गरेको हो । 

विद्यालयमा चोटपटक लाग्दा औषधिका लागि निकै टाढा जानुपर्ने बाध्यता छ । “नगए ज्यान जाला भन्ने डर, गए पढाइ छुट्ने डर” स्थानीय दीपेन्द्र प्राविमा अध्ययनरत छात्रा दीपा सापकोटाले बताए ।

विद्यालयमा अकस्मात बिरामी पर्दासमेत औषधि नपाएर रोग लुकाएर बस्न बाध्य भएको उहाँको भनाइ छ । अहिले जिल्लाका २१ वटा प्राथमिक विद्यालयमा यो सेवा सुरु गरिएको छ ।  विद्यालयमा बालबालिका घाइते भएमा स्वास्थ्य सेवामा सुरक्षित तवरले बिरामी लैजानका लागि यो सेवा सुरु गरिएको हो । 

मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण ग्रामीण भेगमा औषधि अभाव भइरहेका बेला विद्यालयमा प्राथमिक उपचार सेवाले केही राहत मिलेको छ । अस्पतालमा औषधि अभाव भए पनि अव टाउको दुख्दा र कुनै चोटपटक लाग्दा विद्यालयमा नै उपचार गर्न सकिने छ । 

प्राथमिक उपचार सेवा उपलब्ध भएपछि विद्यार्थीको पढाइमा असर नपर्ने दीपेन्द्र प्राविका शिक्षक गगन माझी बताउँछन् । “बालबालिका खेल्न क्रममा चोटपटक लाग्दा स्वास्थ्य संस्थामा जानुपथ्र्यो । पढाइ छुट्थ्यो, विद्यालयमा सेवा हुँदा विद्यार्थी त्यो समस्याबाट मुक्ति पाएका छन्” उनले भने । 

प्राथमिक उपचारमा सिटामोल, बेटाडिन, ब्रोफिनलगायतका २३ किसिमका औषधिको व्यवस्था गरिएको छ । उपचारका लागि कार्यक्रमले २१ वटा विद्यालयका झण्डै एकसय जना शिक्षकलाई तीन दिने विद्यालय स्वास्थ्य उपचार पोषण तालिम समेत दिएको थियो । 

रासस 

 

प्रतिक्रिया