Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

एमबीबीएसमा ९१ प्रतिशत फेल !

विहीबार, ०६ फागुन २०७२

काठमाडौँ, ६ फागुन । जानकी मेडिकल कलेजको एमबीबीएस प्रथम वर्षमा ९१ प्रतिशत विद्यार्थी फेल भएका छन् । परीक्षामा सहभागी नियमित तथा आंशिक गरी ८० विद्यार्थीहरूमध्ये ७ जना मात्र उत्तीर्ण भएको क्याम्पस प्रशासनले जनाएको छ ।

एमबीबीएस प्रथम वर्षको ११ औं समूहको परीक्षाफलमा ८.७५ प्रतिशत विद्यार्थी मात्रै पास भएका हुन् । यस्तो परिणामले ३५–४० लाख रुपैयाँसम्म खर्च गरेर चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थी चिन्तामा छन् ।  मेडिकल कलेजका व्यवस्थापन समितिका पूर्वअध्यक्ष ओपी पाण्डेलगायत व्यवस्थापकहरूले शिक्षक, कर्मचारीहरूको तलबभत्ता नियमित भुक्तान नगर्दा विगत दुई वर्ष क्याम्पस अस्तव्यस्त बनेको थियो । 

पटक–पटकको हडतालले विद्यार्थीहरूको अधिकांश समय आन्दोलनमै बितेको थियो । पूर्वसञ्चालकहरूमध्येका केहीमाथि अहिले पनि ठगी मुद्दा चलिरहेको छ भने केही फरार छन् । पाण्डेले बिक्री गरेपछि गत असार २७ देखि धनबहादुर शेरचनको नेतृत्वमा नयाँ व्यवस्थापकहरूले कलेज सम्हालेका छन् ।  नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हालेयता पठनपाठन र भौतिक सुविधामा सुधार भएको प्रशासन शाखाका राकेश ठाकुरको दाबी छ ।  

उनका अनुसार कक्षाहरू नियमित छन् भने ५ सय ३५ शय्याको अस्पताल पनि सञ्चालन गरिएको छ । भौतिकरशैक्षिक पूर्वाधारहरूमा सुधार भए पनि दुई वर्षदेखि यस कलेजले छात्र भर्ना गर्ने अनुमति ९कोटा० नपाएको कलेज प्रशासकहरूको गुनासो छ । 

 ‘सिटी अस्पतालसँगै आईसीयू तथा सीसीयू सञ्चालन भएको छ,’ प्रशासक सुशील झाले भने, ‘२५ फ्याकल्टी थपिएका छन् । पठनपाठन नियमित छ, तैपनि विद्यार्थी कोटा रोकिएको छ ।’

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया