Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

माओवादीद्धारा जिशिअमाथि हातपात !

विहीबार, ०६ फागुन २०७२

काठमाडौँ ६ फागुन । जिल्ला शिक्षा कार्यालय मुगुले रिक्त दरबन्दीमा आफूखुसी शिक्षक खटाएको भन्दै बुधबार दिउँसो २ बजे जिल्ला शिक्षा कार्यालयमा तोडफोड र जिल्ला शिक्षा अधिकारीमाथि हातपात भएको छ । 

नेकपा माओवादी (वैद्य) पक्षका जिल्ला संयोजक मङ्गलबहादुर शाहीको नेतृत्वमा गएको ५०÷६० जनाको दस्ताले बुधबार दिउँसो २ः३० बजे जिल्ला शिक्षा कार्यालयमा गई जिशिअ जवारीलाल हमालमाथि हातपात र कार्यालयमा तोडफोड गरेका हुन् । 

हातपातबाट जिशिअ हमाललाई सामान्य चोट लागेको र रु तीन लाखभन्दा बढीको फर्निचर तोडफोड भएको बताइएको छ । 

रासस 

 

प्रतिक्रिया