Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

शिक्षाको संशोधन विधेयकमाथीको छलफल कांग्रेसले रोक्यो : सभापति झा 

बुधबार, ०५ फागुन २०७२

काठमााडौँ, ५ फागुन । संसदबाट छलफल र आवश्यक संशोधनका लागी महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितीमा रहेको नयाँ शिक्षाको आठौँ संशोधन विधेयक (आठौँ संशोधन) लाई कांग्रेसको महाधिवेशनले प्रभावित तुल्याएको छ । 

आवश्यक छलफलका लागी सबै दलका नेता समितीको बैठकमा अनिवार्य रुपमा उपस्थित हुनुपर्ने भएपनि कांग्रेस नेता तथा सांसदहरु महाधिवेशनमा व्यस्त भई बैठकमा नगएकाले पर्याप्त छलफल नभएर शिक्षा विधेयकको छलफल प्रभावित भएको हो । 

बुधबार राजधानीमा आयोजिक एक कार्यक्रममा महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितीका सभापति रञ्जु झाले विधेयकमाथीको छलफल र आवश्यक संशोधनका लागी कांग्रेस नेताहरुको उपस्थिती बैठकमा नभएकाले समस्या भएको बताइन् ।

‘शिक्षा विधेयकमाथीको छलफल र आवश्यक संशोधनको प्रयास मैले गरिरहेकी छु । म यसलाई छिटो संसदमा पुर्याउन पनि चाहन्छु । तर कांग्रेस महाधिवेशनले गर्दा अहिले छलफल नै हुन सकेको छैन् । सबै दलका नेताहरु छलफलमा सहभागी नहुँदा मलाई बैठक बोलाउन गाह्रो हून्छ ।’ उनले भनिन् ।

शिक्षा विधेयकमाथी ३९ सांसदका संशोधन प्रस्ताव दर्ता भएका छन् । शिक्षा विधेयक समितीबाट आवश्यक संशोधन र छलफल भएर संसदमा गएपछि बहुमतले पारित हुने गर्छ । 

 

  

 

 

प्रतिक्रिया