Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

एसएलसी दिने विद्यार्थीलाई एन्ड्रोईड एप्स : कसरी डाउनलोड गर्ने ?

बुधबार, ०५ फागुन २०७२

edunepal एप्स सबै खाले एन्ड्रोइड मोबाइलमा डाउन लोड गर्न सकिनेछ । त्यसका लागि सबैभन्दा पहिले मोबाइलको प्ले स्टोरमा क्लिक गरेर edunepal टाइप गर्नु पर्ने छ । अरु एप्स सर्च गरेजस्तै यसलाई पनि सर्च गर्ने बित्तिकै देखिन्छ । त्यसका लागि इन्टरनेट कनेक्सन भने जरुरी छ ।

एप्स डाउनलोड भएपछि त्यसमा क्लिक गरेर त्यस भित्रका सामग्रीमा जान सकिने छ । एप्समा क्लिक गरेपछि त्यस भित्र एसएली कण्टेण्ट, एडुखबर डटकममा प्रकाशित समाचार, मल्डिमिडिया र रिजल्टको सेगमेण्ट देख्नु हुनेछ । चार सेगमेण्ट मध्ये आफूले हेर्न चाहेको सेगमेण्टमा क्लिक गर्न सक्नु हुन्छ ।

जस्तै एसएलसी तयारी गरिरहेका विद्यार्थी तथा शिक्षकले :

सुरुमा एप्स डाउनलोड गर्नुस् । डाउनलोड भएको एप्समा क्लिक गर्नुस् । त्यसभित्र अंग्रेजी, विज्ञान र गणितको शैक्षिक सामाग्री देखिने छ । अनिवार्य अंग्रेजीको सामाग्री अध्ययन गर्न डाउनलोड र स्टडी भन्ने बटम छ । स्टडीमा क्लिक गरेपछि भित्र पाँच वटा पाठ देख्न सकिन्छ । यसका लागि प्रत्येक पाठमा क्लिक गर्दै सामग्री अध्ययन गर्न सकिन्छ ।

त्यस्तै आफनो मोवाइलमा यो सामाग्री डाउनलोड गरेर राख्ने हो भने डाउनलोड भन्ने बटममा क्लिक गर्नु पर्छ । डाउनलोड गर्न इन्टरनेट आवश्यक हुन्छ । डाउनलोड भएको सामग्री इन्टरनेट विना पनि पढ्न सकिनेछ । मोवाइलमा उपलब्ध हुने थ्रिजी र वाइफाई छ भने यो फाइल सहजै डाउनलोड हुन्छ ।

त्यस्तै विज्ञान र गणितको सामाग्री अंग्रेजीको जस्तो सिधै अध्ययन गर्न सकिदैन । एक पटक डाउनलोड गरेपछि भ्यू भन्ने बटम देखिन्छ । त्यसमा क्लिक गरेपछि इन्टरनेट बिना अध्ययन गर्न सकिन्छ ।

मल्टिमिडिया भन्ने सेगमेण्टमा पनि एसएलसी तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर अडियो र भिडियोका सामग्री छन् । ल्ऋभ्म् ले एसएलसी तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर बनाएको अडियो र भिडियो कक्षा सुन्न र हेर्न सकिन्छ । अडियो सुन्न इन्टरनेट छ भने डाउनलोड नगर्दा पनि हुन्छ । यसलाई एक पटक डाउनलोड गरेर जुन बेला पनि सुन्न सकिन्छ । डाउनलोड गर्न भने इन्टरनेट चाहिन्छ । भिडियो कक्षा अवलोकनका लागि चाहि इन्टरनेट आवश्यक पर्छ । अंग्रेजी, गणित र विज्ञान बिषयको अडियो एप्समा समावेश छ ।

मल्टिमिडिया सेगमेण्टमा क्लिक गरेपछि बाँया तिर अडियो र दाँया तिर भिडियो लेखिएको छ । अडियो सुन्ने हो भने कुन बिषयको सुन्ने ? त्यसै अनुसार अघि बढ्नु पर्नेछ ।

त्यसका लागि मल्टिमिडिया लेखेको दाँया तिर सानो एरो देखाइएको छ । त्यसमा क्लिक गरेपछि अंग्रेजी, विज्ञान र गणित कुन बिषयको अडियो सुन्ने हो ? छान्नु पर्ने हुन्छ । भिडियो सुन्न पनि यही प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।

सम्बन्धित सामग्री

एसएलसी दिने विद्यार्थीलाई एन्ड्रोईड एप्स, प्रविधिले सिकाई उपलब्धीमा सुधार हुने शिक्षा मन्त्रीको भनाई

सिकाइमा प्रविधि प्रयोग

प्रकाशित मिति २०७२ फागुन ५ गते

प्रतिक्रिया