Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

अखिलको नयाँ नेतृत्वका लागि मतदान हुदैँ

मंगलबार, ०४ फागुन २०७२

काठमाडौँ, ५ फागुन । नेकपा (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनमा निर्वाचन कमिटीले नयाँ नेतृत्वका लागि बुधबार मतदान हुदै छ ।  सङ्गठनको पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि दुवै पक्षका प्यानल तथा स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएर पनि मतपत्र छाप्नमा ढिलाई भएपछि मतदान मंगलबार स्थगित गरी बुधबार सारिएको हो । 

यसअघि प्रतिनिधि छनोटका विषयमा पनि लामो विवाद सहमतिमा समाधान नभएपछि नयाँ पदाधिकारी चयनमा ढिलाई भएको हो । सम्मेलनमा अध्यक्षका लागि वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले उम्मेदवारी चुनावी मैदानमा छन् ।  

गौतम प्यानलबाट उपाध्यक्षमा राधिका खतिवडा, सरोज यादव, जीवन राई, नीलकण्ठ आचार्य तथा महासचिवमा अब्दुल हुसेन खानले उम्मेदवारी छ ।  लामाको समूहबाट उपाध्यक्षमा रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराल तथा महासचिवमा ऐन महरले उम्मेदवारी परेको छ । 

निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको र बुधबार बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।

सङ्गठनमा १७ पदाधिकारीका साथ केन्द्रीय सदस्य, सचिवालय सदस्य गरी १४२ जनाको लागि बुधबार विहान ८ बजेदेखि मतदान शुरु हुनेछ ।

प्रतिक्रिया