Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

नदी किनारामा विद्यार्थीको शव !

मंगलबार, ०४ फागुन २०७२

काठमाडौँ, ५ फागुन । रुपन्देहीको तिनाउ खोलाको किनारामा एक विद्यार्थीको शव फेला परेको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय बुटवलका अनुसार माथिल्लो सिद्धबाबा नजिकै तिनाउ खोलाको किरानामा बुटवलको सिसिटि कलेजमा अध्यनरत जिमिस्टी टन्डनको शव फेला परेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले तिलोत्तमा नगरपालिका जानकीनगर बस्ने जिमिस्टी टन्डन हराएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा खोजी दिन फागुन २ गते परिवारले आग्रह गरेका थिए । 

टन्डनको आत्महत्या या हत्या भन्ने विषयमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।  शवलाई परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ । 

रासस 

 

प्रतिक्रिया