Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

माविसम्म निःशुल्क शिक्षाको माग

मंगलबार, ०४ फागुन २०७२

काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले प्रस्तावित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) मा मावि निःशुल्क शिक्षाको प्रबन्ध गर्न माग गरेको छ । 

आफ्नो १९ औँ राष्ट्रिय परिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बाबुराम थापाले संविधानप्रदत्त मावि तहसम्म निःशुल्क शिक्षाको कार्यान्वयन, शिक्षक समुदायको नीतिनिर्माणमा सहभागिता, प्रोत्साहन, शिक्षामा लगानीको सुनिश्चितता, सुशासन तथा थप समतामूलक रणनीति निर्माण गर्दै गुणस्तर वृद्धिका लागि लगानी गर्नुपर्ने गरे ।  

परिषद्बाट पारित २८ बुँदे घोषणापत्र सार्वजनिक गर्दै थापाले नयाँ संविधान र विद्यालय क्षेत्र सुधार कार्यक्रमले पूरा गर्न बाँकी रहेका दिगो विकासको लक्ष्य, भूकम्पका कारण भएका क्षतिको पुनःनिर्माणका लागि सङ्क्रमणकलीन कार्यक्रम लागू, संवैधानिक शिक्षक शिक्षा आयोगको प्रबन्ध लगायत माग गरे ।   संस्थाका महासचिव लक्ष्मण शर्माले विद्यालयको स्तरोन्नतिका लागि सङ्गठनले ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम कार्यान्वयन गर्ने बताए । 

चौहत्तर जिल्लाका ४०० पार्षद्को सहभागिता हैटौँडामा गते माघ २६ र २७ मा सम्पन्न सो परिषद्को बैठकको उद्घाटन उपप्रधानमन्त्री भीमबहादुर रावलले गरेका थिए ।  कार्यक्रममा महजोडी तथा सङ्ठनका संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । 

रासस 

 

प्रतिक्रिया