Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

एसएलसीमा सी श्रेणी ल्याउनेलाई प्राविधिकमा भर्ना लिने

सोमबार, ०३ फागुन २०७२

भक्तपुर - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) ले एसएलसीमा सी श्रेणीसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने भएको छ । शिक्षा मन्त्रालयले यस वर्षदेखि एसएलसीको नतिजा गे्रडिङ प्रणालीबाट सार्वजनिक गर्ने भएपछि कुन श्रेणीका विद्यार्थी भर्ना लिने भन्ने बहस सुरु भएको थियो ।

ग्रेडिङबाट नतिजा सार्वजनिक गर्ने भएपछि विद्यार्थी पढ्न छाडेको भन्दै गुनासो आए पछि मन्त्रालयले सीटीइभीटी र उच्च माध्यमिक शिक्षा परिषद्लाई कुन श्रेणीको विद्यार्थी लिने भन्ने निर्णय गर्न निर्देशन दिएको थियो । यस अनुसार सीटीइभीटीको पाठ्यक्रम समितिको बैठकले अनिवार्य अंग्रेजी, गणित र विज्ञान बिषयमा सी श्रेणी ल्याउनु पर्ने निर्णय गरेको हो ।

‘तीन बिषयमा सी ग्रेड ल्याए पनि समग्र सबै बिषयको नम्बर जोड्दा डी र ई भए पनि हुन्छ,’सीटीईभीटीका सदस्य सचिव डा. रामहरी लामिछानेले भने । बैठकले सीटीईभीटीको स्वास्थ्य तर्फको बिषय अध्ययन गर्न समग्र सी ग्रेड ल्याएको हुनु पर्ने निर्णय गरेको छ ।

अन्य बिषय अध्ययन गर्न अनिवार्य तीन बिषयमा सी मात्रै ल्याए पुग्थ्यो भने यो स्वास्थ्य तर्फ गणित, अंग्रेजी र विज्ञानमा सी र समग्रमा पनि सी श्रेणी ल्याउनु पर्ने निर्णय गरेको हो । डी र ई श्रेणी ल्याउने विद्यार्थीले प्राविधिक एसएलसी पढ्न पाउने भएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद्ले चाडै प्लस टु मा कुन श्रेणीसम्मका विद्यार्थी भर्ना लिने भन्ने निर्र्णय गर्दैछ ।

प्रकाशित मिति २०७२ फागुन ३ गते

 

प्रतिक्रिया