Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

विश्वविद्यालयलाई जग्गा हस्तान्तरण

सोमबार, ०३ फागुन २०७२

काठमाडौ, ३ फागुन । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतलाई इन्जिनीयरिङ संकाय अन्तर्गत इन्जिनीयरिङ महाविद्यालय निर्माणका लागि १५ बिघा क्षेत्रफल बराबरको जमिन उपलब्ध गराउने निर्णय गरी थप प्रक्रियाकालागि नेपाल सरकार समक्ष सानो सुर्खेत सामुदायिक वन उपभोक्ता समूहले अनुरोध गरेको छ । 

सानो सुर्खेत सामुदायिक वन उपभोक्ता समूहको शनिबार बसेको दोश्रो वार्षिक साधारण सभाबाट जमिन उपलब्ध गराउने निर्णय  दुइ तिहाई बहुमतले पारित गरेको जनाएको छ ।  यसैबीच उक्त निर्णयको मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाले स्वागत गर्दै यस निर्णयले विश्वविद्यालय निर्माणको अभियानमा  थप हौसला प्रदान गरेको र उक्त स्थानको कायापलट हुने कुरामा विश्वस्त हुन आग्रह गरे । 

एक अर्को प्रसंगमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइराला र सुर्खेत जिल्लास्थित एनेकपा माओबादी सम्बद्द नेतृत्वसंग मध्यपश्चिमाञ्चल विश्वविद्यालयको समग्र बस्तुस्थिति बारे छलफल सम्पन्न भएको छ । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सहयोग गर्नेमा सम्पूर्ण पार्टी पंक्ति दृढ रहेको पुर्व सभासद तथा पार्टी अध्यक्ष नरबहादुर बिस्टले दाबी गरे । भेटमा सभासद माननीय सीता नेपाली,पुर्व सभासद तथा पार्टी अध्यक्ष नरबहादुर बिस्ट लगायतको टोलि रहेको थियो ।

 

प्रतिक्रिया