Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

परीक्षा नियन्त्रकको जिम्मेवारी काप्रीलाई

सोमबार, ०३ फागुन २०७२

काठमाडौं - शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रण कार्यालयको नियन्त्रकको जिम्मेवारी मध्यमाञ्चल क्षेत्रीय निर्देशक कृष्णप्रसाद काप्रीलाई दिएको छ । एसएलसी परीक्षाको प्रश्न पत्र छपाईकै काममा ब्यस्त भएको बेला नियन्त्रक खगेन्द्र नेपाललाई ब्रेन  ह्याम्रेज भएपछि मन्त्रालयले उनलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिएको हो । काप्रीलाई यस अघि भुकम्प पछिको पुननिर्माणका लागि काम गर्ने गरी शिक्षा मन्त्रालयद्धारा गठित परियोजना कार्यान्वयन ईकाइका प्रमुखको जिम्मेवारी समेत दिईएको छ ।

परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर मन्त्री स्तरीय निर्णयबाट नयाँ नियन्त्रक नियुक्त गरिएको मन्त्रालयका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नव नियुक्त नियन्त्रक काप्रीले औपचारिक पत्र बुझेर आजै प्रश्नपत्र छपाईको काममा गोप्यमा छिर्ने  बताए । गत माघ २५ गते देखि जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा प्रश्न पत्र छपाईको काम शुरु भएको छ । परीक्षा आगामी चैत १८ गतेबाट हुँदै छ ।

प्रकाशित मिति २०७२ फागुन ३ गते 

प्रतिक्रिया