Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र शुरु, पाठ्यपुस्तक पुगेन

सोमबार, ०३ फागुन २०७२

काठमाडौँ, ३ फागुन । हिमाली जिल्लामा आइतबारदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ। तर, विद्यालयमा पाठ्यपुस्तक भने अझै पुगेको छैन् ।  जनक शिक्षा सामग्ी केन्द्रले १ देखि ५ कक्षासम्म स्थानीय एजेन्टमार्फत र ६ देखि १० कक्षासम्म आफै पुस्तक उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 

हालसम्म पुस्तक नपाउँदा विद्यार्थी समस्यामा रहेका छन् । निमित्त जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर शाहीले सबै कक्षाका पाठ्यपुस्तक नआएको बताए ।   कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छाप्ने अनुमति पाएका नीजि संस्थाले केही दिनदेखि कर्णालीमा पाठ्यपुस्तक पठाइसकेको दाबी गरेका छन् । 

हुम्लाका लागी नरेन्द्र बुढाथोकीले १२ हजार ४२ पुस्तक बुझेका थिए ।  यस्तै डोल्पामा यस बर्षको नयाँ शैक्षिक सत्र संयोगले सरस्वती पूजासंगै शुरु भएको छ । हिउँदमा धेरै चिसो हुने डोल्पा लगायतका ४ जिल्लामा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुने गरेको छ। 

शनिबारको विदा भए पनि सरस्वती पूजा भएकाले विभिन्न विद्यालयले शैक्षिक सत्र शुरु गरेका छन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया