Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

त्रुटि घटाउन एसएलसी परीक्षार्थीलाई 'मेमो'

सोमबार, ०३ फागुन २०७२

काठमाडौँ, ३ फागुन । एसएलसी दिने विद्यार्थीले अब आफ्नो नाम, जन्ममिति, विषय, सिम्बोल नम्बर, रजिस्ट्रेसन नम्बर, स्कुलको नाम लगायत विवरण गल्ती भए–नभएको परीक्षाको अन्तिम दिनमै थाहन पाउनेछन्।

परीक्षापछि विद्यार्थीको नाम, थर, विषय, सिम्बोल नम्बर, रजिस्ट्रेसन नम्बर, जन्ममितिमा त्रुटि भएकै कारण नतिजा प्रकाशनपछि विद्यार्थीले खेप्नुपर्ने सस्तीबाट मुक्ति दिलाउन परीक्षा नियन्त्रण कार्यालय सानोठिमी९पनिका०ले यस वर्षदेखि ुस्टुडेन्ट एप्लिकेसन मेमोु उपलब्ध गराउने तयारी गरेको छ। यो मेमो परीक्षामा सहभागी विद्यार्थीलाई अन्तिम दिन परीक्षा केन्द्रमै दिइनेछ। 

परीक्षा उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठका अनुसार चैत १८ गते सुरु हुने परीक्षामा सहभागी सबै परीक्षार्थीको व्यक्तिगत विवरणसहितको मेमो छाप्ने कार्यसमेत सकिएको छ। विद्यार्थीले एसएलसी परीक्षामा भरेको आवेदन परीक्षा नियन्त्रण कार्यालयमा कम्प्युटरमा प्रविष्ट हुन्छ। विद्यार्थीले प्राप्त गरेको प्रवेशपत्र, पनिकामा भएको विवरण र मेमोमा भएको विवरण उही हुन्छ। 

बर्सेनि विद्यार्थीको नाम ९स्पेलिङ, हिज्जे०, थर, अनिवार्य विषय, ऐच्छिक विषय, सिम्बोल नम्बर, जन्ममिति लगायत विवरणमा त्रुटि भएका कारण नतिजा प्रकाशनपछि प्रमाणपत्रमा सच्याउन निकै झन्झटिलो प्रक्रिया हुने गरेकाले विद्यार्थीको आर्थिक भार पनि बढी हुने गरेको थियो। तर अब विद्यार्थीले स्टुडेन्ट एप्लिकेसन मेमो प्राप्त गरेपछि प्रमाणपत्रमा त्रुटि सच्याउनुपर्ने अनावश्यक झन्झट र आर्थिक भारसमेत झेल्नु नपर्ने भएको छ। 

'एसएलसी परीक्षा सकिएको अन्तिम दिन सबै परीक्षा केन्द्रहरुका केन्द्राध्यक्षहरुसँग परीक्षार्थीको विवरणसहितको मेमो हुन्छ,' उपनियन्त्रक श्रेष्ठले नागरिकसँग भने, 'परीक्षा सकिएपछि केन्द्राध्यक्षले परीक्षा केन्द्रमै प्रत्येक विद्यार्थीलाई उसको विवरणसहितको मेमो उपलब्ध गराउनेछन्।' त्यसपछि विद्यार्थीले आफूसँग भएको प्रवेशपत्रको विवरण मेमोमा भएको विवरणसँग मिलाउनेछन्। गल्ती भएको नभएको तत्काल थाहा पाउनेछन्। 

त्यही मेमोका कारण विद्यार्थीले आफ्नो गल्तीबारे थाहा पाउन नतिजा प्रकाशनसम्मको मिति कुर्नुपर्दैन। दराज, जिल्ला र केन्द्रसम्मको सास्ती पनि खेप्नु नपर्ने गरी मेमो उपलब्ध गराउने व्यवस्था पनिकाले गरेको अर्का उपनियन्त्रक गुरुप्रसाद पौडेलको भनाइ छ। 'विद्यार्थीको नाम, थर, जन्ममिति, विषय, सिम्बोल नम्बर, रजिस्ट्रेसन नम्बर लगायत विवरण गल्ती भएको थाहा भए उनले तुरुन्त आफ्नो स्कुलको प्रअसँग सच्याउन अनुरोध गर्नेछ,' पौडेलले भने, 'प्रअहरुले गल्ती सच्याउन सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्छ। त्यहीअनुसार पनिकाले नतिजा प्रकाशनअगावै विवरण सच्याएर नतिजा प्रकाशन गर्नेछ।'

अब विद्यार्थीले नतिजा प्रकाशनपछि आफूले भरेको गलत विवरणकै कारण जिल्लादेखि केन्द्रसम्म धाइरहनु पर्दैन। यस वर्ष प्राविधिक शिक्षा र साधारण शिक्षा गरी कुल ६ लाखभन्दा बढी परीक्षार्थीले एसएलसी परीक्षा दिँदैछन्। नेपालभरि कुल १ हजार ९ सय ४४ परीक्षा केन्द्रबाट परीक्षार्थीले परीक्षा दिने व्यवस्था पनिकाले मिलाएको छ।

'दुवै धारका रजिस्ट्रेसन फरम भरेका सबै ६ लाख विद्यार्थीकै व्यक्तिगत विवरणसहितको मेमो छपाइकार्य पनिकाले सकेको छ,' उपनियन्त्रक पौडेलले नागरिकसँग भने, 'केन्द्राध्यक्षले मेमो निःशुल्क नै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।'

पनिकाले नतिजा प्रकाशनमा त्रुटि कम गर्न पहिलो पटक यस्तो प्रयोग गर्न लागेको उनको दाबी छ। यस वर्ष एसएलसी परीक्षार्थीको नतिजा ग्रेडिङ प्रणालीबाट उपलब्ध गराउने पनिकाले सबै तयारी सकेको छ। ग्रेडिङ प्रणालीबाट प्रमाणपत्र उपलब्ध गराउनका लागि पनिकाले माध्यमिक परीक्षा उत्तीर्ण निर्देशिकासमेत संशोधनको प्रक्रिया थालेको छ।

यस वर्षको एसएलसी परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न पनिकाले सबै परीक्षा केन्द्रलाई 'एमएससीु अर्थात 'मुभमेन्टलेस, साउन्डलेस र चिटलेसु बनाउन सबै जिल्ला परीक्षा समन्वय समितिलाई पनिकाले निर्देशन दिएको उपनियन्त्रक पौडेलको दाबी छ। हाल पनिकाले प्रश्नपत्र छपाइकार्य सुरु गरिसकेको छ।’

परीक्षा केन्द्र र केन्द्राध्यक्षलाई व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्न समयानुकूल केन्द्राध्यक्ष निर्देशन पुस्तिका तयार गरी पठाउने तयारी भएको छ,ु पौडेल भन्छन्, ुजनक शिक्षाको सेकुरेटरी प्रेसबाट नेपाल प्रहरी, सशस्त्र र सेनाको सुरक्षा घेरामा प्रश्नपत्र छपाइकार्य भइरहेको छ।ु उत्तरपुस्तिका छपाइ र जिल्लामा पुर्याुउने कार्यसमेत अन्तिम चरणमा पुगेको छ। हालसम्म ५० जिल्लामा उत्तरपुस्तिका पुगेको छ। यस वर्ष मनाङ र मुस्ताङ जिल्लाबाहेक अन्य जिल्लाको हकमा होम सेन्टर पूर्ण रुपमा हटाइएको छ।

उत्कृष्ट परीक्षा केन्द्रलाई पनिकाले सम्मान गर्नका लागि मापदण्ड तयार पारी सोही अनुसारका कार्य अघि बढाउनसमेत जिल्लाहरुलाई निर्देशन दिएको छ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया