Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

तीन दिनभित्र भर्ना गर्न सर्वोच्चको आदेश !

सोमबार, ०३ फागुन २०७२

काठमाडौँ, ३ फागुन । किष्ट मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययन गर्न भर्नाका लागि छनोट भएका मनोज यादवलाई तीन दिनभित्र भर्ना दिलाइ पढ्न दिनु भनी सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नाममा अन्तरिम आदेश जारी गरेको छ । 

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यदि भर्ना छनोटका लागि नाम निकालिसकेको भए विशेष सिटको व्यवस्था गरेर भएपनि तीन दिनभित्र भर्ना गर्न अन्तररिम आदेश दिएको हो । 

आदेशमा भनिएको छ– “निवेदकसँग तोकिएको शुल्क लिएर तीन दिनभित्र भर्ना दिलाइ पढ्न दिनु ।” यादवले नाम छनोट भइसकेपछि भर्नाका लागि जाँदा कलेजले आलटाल गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलसमक्ष निवेदनसमेत दिएका थिए । 

शिक्षामन्त्रीले दिएको निर्देशनअनुसार पनि भर्ना ढिलाइ भएपछि यादवले सर्वोच्च अदालतमा माघ ४ गते रिट निवेदन दर्ता गरेका थिए ।  सर्वोच्च अदालतले योग्यताअनुसार छनोट भएको विद्यार्थी सर्तबमोजिम भर्ना हुन नसकेको र शैक्षिकसत्रसमेत व्यतित हुन लागेको अवस्थामा विद्यार्थीको भविष्य अन्योलमा पर्नसक्ने भन्दै तीन दिनभित्र भर्ना गर्न आदेश दिएको हो । 

रासस 

 

प्रतिक्रिया