Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

पुस्तक प्रदर्शनी सम्पन्न, ५२ लाखको कारोबार

सोमबार, ०३ फागुन २०७२

काठमाडौँ, ३ फागुन । भृकुटीमण्डपमा गत माघ २१ देखि सुरुभएको बृहत् पुस्तक प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा रु ५२ लाखको आर्थिक कारोबार भएको छ ।  डिकुरा पब्लिकेसनले आयोजना गरेको सो प्रदर्शनीमा दुई हजार लेखकले लेखेका आठ हजार फरक फरक शीर्षकका पुस्तक राखिएको प्रदर्शनीका संयोजक पुण्यप्रसाद प्रसाईंले जानकारी दिए । 

संयोजक प्रसार्इंका अनुसार जीवनी, उपन्यास र विभिन्न किसिमका कथाका किताब बढी बिक्री भएका थिए ।   ‘हजार आशाहरू’, ‘सङ्क्रमणकाल’ र ‘कूटनीतिका तीन दशक’नामक पुस्तकले बिक्रीका हिसाबले राम्रो स्थान पाएका थिए । 

प्रदर्शनीमा दैनिक १० हजार अवलोकनकर्ता आएका थिए । पुस्तक हेरी १५ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको थियो । 

 

प्रतिक्रिया