Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

माथेमालाई शिक्षा आयोगको अध्यक्ष बनाउने तयारी

बुधबार, ०४ चैत्र २०७१

काठमाडौं ४ चैत / त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्रा. केदारभक्त माथेमालाई उच्च स्तरीय शिक्षा आयोगको अध्यक्ष बनाउने मन्त्रालयले तयारी गरेको छ । आयोगमा रहने सदस्यहरुको नामको बारेमा भने अझै टुङ्गो लागेको छैन ।

मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुबाट २ जना, शिक्षाविद्बाट ३ जना, प्राध्यापक संघबाट १ जना, सामुदायिक विद्यालयका प्रधानाध्यापकबाट एक जना रहने खाका बनाएको छ । तर, मन्त्री चित्रलेखा यादवले नामका बारेमा राजनितिक छलफल आवश्यक रहेको भन्दै आफैंले छलफल गरेर टुङ्याउने बताएको श्रोतले जनाएको छ ।

लामो समय देखि आयोग गठनको आवश्यकता महशुस भए अनुसार प्रकृया शुरु भए पनि मन्त्रालय कुनै निष्कर्षमा पुगिनसकेको प्रवक्ता डा. हरी लम्सालले बताए । ‘संसदीय समितिले समेत आयोग गठनको निर्देशन गरिसकेको अवस्थामा मन्त्रालय उक्त निर्देशन र आवश्यकता अनुसार अघि बढेको हो, तर कुनै टुङ्गोमा पुगिसकेको अवस्था छैन ।’ उनले भने । 

बिहीबारको मन्त्रीपरिषद् बैठकमा पेश गर्ने गरी सोमबार मन्त्री स्तरीय निर्णयबाट आयोग गठनको प्रकृया शुरु भएको हो । पढ्नुहोस् उच्च स्तरीय शिक्षा आयोग गठनको प्रकृया शुरु

सामुदायिक शिक्षा सुधारमा कृयाशिल माथेमा हक्कि स्वभावका मानिन्छन् । खास गरी शिक्षामा राजनीतिक हस्तक्षेप बन्द गर्नु पर्ने बारेमा उनको अडान रहँदै आएको छ । केही समय अघि एडुखबरले माथेमासंग गरेको कुराकानी पनि पढ्नुहोस् नेताहरुले शिक्षा क्षेत्रबाट हात निकाल्नै पर्छ : प्रा. माथेमा

प्रतिक्रिया