Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

भूकम्पको पीडा बिर्सेर धुमधामसाथ ७५ औँ वार्षिकोत्सवमा

आइतबार, ०२ फागुन २०७२

बाग्लुङ् - भूकम्पको धक्काले पुगेको क्षति बिर्सेर धवलागिरी अञ्चलकै पुरानो मध्यको एक विद्या मन्दिर उच्च माध्यमिक विद्यालयले आफ्नो ७५ औँ वार्षिकोत्सव मनाएको छ । सप्ताहव्यापी कार्यक्रमका साथ आइतबार सम्पन्न वार्षिकोत्सवका अवसरमा उत्कृष्ट विद्यार्थी र विद्यालयमा लामो समयदेखि अध्यापनमा सकृय शिक्षकहरुलाई सम्मान गरियो ।

‘एकातिर हामीलाई विद्यालय भौतिक तथा शैक्षिक पुनर्निर्माणको चुनौती छ भने अर्कोतिर गुणस्तरीय शिक्षा दिनुपर्ने दायित्व पनि छ’ उच्च माविका विज्ञान शिक्षक विष्णुप्रसाद काफ्लेले भने, ‘विद्यालयको सफलताको कसी भनेका यसको प्रशासनिक व्यवस्थापनमा रहेको चुस्तता नै हो ।’

बागलुङ् बजारको केन्द्रमा रहेको १९९७ सालमा विद्या मन्दिर उच्च माविमा बालविकास देखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । विद्यामन्दिर उच्च माध्यमिक विद्यालयका संयोजक डिल्लीराज गौतमका अनुसार उच्च मा विका पाँच वटा संकायमा ८ सय विद्यार्थी अध्ययनरत छन् भने २५ भन्दा बढी विषयहरु अध्यापन गराउनका लागि ४२ जना शिक्षक कर्मचारीहरु कार्यरत छन् । ‘यो उच्च मावि तर्फको मात्रै विवरण हो’ गौतमले भने ‘मावि तहसम्मको अवस्था पनि उत्साहजनक नै छ ।’

वार्षिक रुपमा क्यालेण्डर बनाएर नै विद्यालयले आफ्ना कार्यक्रम संचालन गर्दै आएको छ ।

गएको वैशाख १२ को भूकम्पले चर्किएका भवन गएको वर्षामा भत्किदा केही दिन विद्यालय बन्द गर्नुपरेको थियो । विद्यालयका शिक्षक शान्तिमणि ढकालका अनुसार अस्थायी व्यवस्था गरेर पढाइ संचालन गरेको विद्यालयले चार कोठे पक्की भवन तयार गरिसकेको छ भने पुनर्निमाणका लागि स्रोत समेत जुटाइरहेको छ ।

प्रकाशित मिति २०७२ फागुन २ गते  

प्रतिक्रिया