Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

एसएलसी प्रश्न छाप्न गोप्यमा बसेका नियन्त्रकको 'व्रेन ह्यामरेज'

आइतबार, ०२ फागुन २०७२

काठमाडौं एसएलसी प्रश्नपत्र छाप्न गोप्यमा बसेका परीक्षा नियन्त्रक खगेन्द्र नेपाललाई मष्तिस्क घात भएको छ । मष्तिस्कमा रगत जम्ने क्रम बढ्दै गएपछि चिकित्सकले अपरेसन गर्ने निर्णय गरेका छन् ।

'विहान सिटि स्क्यान गर्दा तत्काल अपरेसन गर्नु पर्ने कुरा भयो' नेपालका * दाई आनन्द नेपालले एडुखबरलाई भने, 'दुई दिन सम्म पनि कुनै सुधार नभएपछि चिकित्सकले अप्रेसन गर्ने निधो गरेका हुन् ।'

गत माघ २५ गते देखि प्रश्नपत्र छाप्न जनक शिक्षा सामाग्री केन्द्रको सुरक्षित प्रेसमा छिरेका नेपाल शुक्रबार बेलुकी ४ बजे तिर बेहोस भएका थिए । तत्कालै नर्भिक अस्पताल पुर्याए पछि प्रारम्भिक अनुसन्धानबाट चिकित्सकले व्रेन ह्यामरेज भएको पुष्टि गरेका हुन् ।

उनको मुख बाँगिएको, दाहिने हात र खुट्टा स्थिर नहुने र देब्रे आँखा बन्द देखिएको बताईएको छ ।

२०५१ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रबेश गरेका नेपाल खुल्ला प्रतियोगिताबाट सिधै सहसचिव भएका हुन् । यस अघि शिक्षा विभागमा निर्देशक रहेका नेपाललाई गिरिराजमणि पोखरेल शिक्षा मन्त्री भएपछि परीक्षा नियन्त्रण कार्यालयमा सरुवा गरेका थिए ।

उनी नियन्त्रक भएपछि एसएलसीमा सहभागि विद्यार्थीको विवरणमा हुने गल्ति सच्याउने  नयाँ ब्यवस्था समेत गरेका छन् ।

एसएलसी सकेकै दिन थाह हुन्छ, गल्ति भए नभएको

परीक्षाको तयारीका अन्य काम सकेर नेपाल सहितको टोली जनकको प्रेसमा छिरेका हुन् । ६ लाख १५ हजार भन्दा बढी विद्यार्थीका लागि आवश्यक पर्ने प्रश्नपत्र छाप्न लाग्ने तीन साताका लागि उनी भित्र छिरेका थिए ।

सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेर प्रश्न पत्र छपाईको काम हुन्छ ।

* सच्याईएको

प्रकाशित मिति २०७२ फागुन २ गते

प्रतिक्रिया