Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

शिक्षा आयोग बन्छ – शिक्षामन्त्री पोखरेल

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, २ फागुन । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शिक्षा क्षेत्रमा विसङ्गतिको अन्त्य गर्न नयाँ शिक्षा नीति निर्माण गर्न चाँडै नै शिक्षा आयोग बन्ने दाबी गरेका छन् ।  क्रान्तिकारी पत्रकार सङ्घ धादिङ शाखाको धादिङबेँसीमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । 

नयाँ संविधानसँग मेल खाने गरी नयाँ ऐन बनाउन र मेल नखाने ऐन खारेज गरिने उनको दाबी छ ।  मधेस आन्दोलन, नाकाबन्दी तथा भूकम्पले गर्दा देशको आर्थिक अवस्था ज्यादै कमजोर हुन गएको भन्दै मन्त्री पोखरेलले देशलाई समृद्धशाली बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेकामा जोड दिए ।

उनले प्रजातान्त्रिक आन्दोलनमा शिक्षकहरुको योगदान महत्वपूर्ण रहे पनि राजनीतिभन्दा विद्यार्थीलाई पढाउने नै पहिलो दायित्व भएको कुरा शिक्षकले बिर्सन नहुनेमा जोड समेत दिएका थिए ।

रासस 

 

प्रतिक्रिया