काठमाडौँ, १ फागुन । धादिड जिल्लाका ३ विद्यालयहरुका गरीब तथा जेहेन्दार विद्यार्थीमध्ये १६० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । मास्टरपिस नेपालले जिल्लाका उड्वादेवी प्रजा प्राथमिक विद्यालय, बाराही प्राथमिक विद्यालय र गोगनपानी माध्यामिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा वितरण गरेका हो ।
व्यवसायी विकास प्रधानसँगको सहकार्यमा कपडा वितरण गरिएको मास्टरपिस नेपालकी कार्यक्रम संयोजक पुनम खड्गीले जानकारी दिइन् ।
सामाजिक संजालबाट समुदायमा रहेका बालबालिकालाई आर्थिक सहयोग गरी शिक्षा प्रदान गर्न लामो समयदेखि लागिपरेको खड्गीको संस्था अहिले पनि क्रियाशिल छ ।
प्रतिक्रिया