Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

हचुवामा बंगलादेश पठाउँदै

शुक्रबार, २९ माघ २०७२

काठमाडौं - शिक्षा मन्त्रालयले आइओएमले लिएको प्रवेश परीक्षा समेत उत्तीर्ण नभएका विद्यार्थीलाई बंगलादेशमा एमबीबीएस अध्ययन गर्न पठाउने भएको छ ।

मन्त्रालयले गत मंगलबार सार्वजनिक गरेको सूचना अनुसार बंगलादेशी दुतावासले छनौट गरेका विद्यार्थीलाई त्रिविले लिएको परीक्षा उतिर्ण गरेको हुनु पर्ने र मेडिकल काउन्सिलबाट योग्यताको अनुमति पत्र लिएको विद्यार्थीलाई मात्रै अध्ययन अनुमति पत्र दिने भनिएको थियो । तर, मन्त्रालयले परीक्षामा सहभागि नै नभएका विद्यार्थीलाई काउन्सिलले दिएकोे योग्यताको पत्र आधारमा नो अब्जेक्सन पत्र दिने तयारी गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यस्ता गलत निर्णय गरेर अन्य जेहेन्दार विद्यार्थीलाई बञ्चित गरेको भन्दै बिरोध सुरु भएको छ । दुतावासले शिक्षा मन्त्रालयलाई वास्ता नगरी आफुखुसी विद्यार्थी छनौट गरेको थियो । छनौट गरेका विद्यार्थी मध्ये चार जनाको शैक्षिक प्रमाणपत्र नै नक्कली पाइएको थियो ।

परराष्ट्रमन्त्री कमल थापाले गत माघ २१ मा बंगलादेशी दुतावासले छनौट गरेको विद्यार्थीलाई नो अब्जेक्सन दिन शिक्षा मन्त्रालयलाई आग्रह गर्ने भन्दै निर्णय गरेको थियो ।

यही निर्णयको आधारमा शिक्षा मन्त्री पोखरेलले प्रक्रिया पुरा नगरी बंगलादेशी दुतावासले छनौट गरेका विद्यार्थीलाई एक पटकको लागि भन्दै नो अब्जेक्सन लेटर दिने निर्णय गरेको थियो ।

दुतावासले २१ जना छनौट गरे पनि शिक्षामा नो अब्जेक्सन लेटर लिन परराष्ट्र र दुतावासले पठाएको पत्रमा २२ जनाको नाम समावेश छ । शिक्षा मन्त्रालयका अधिकारीहरुले पछिल्लो समयमा आफन्त घुसाएर अध्ययन अनमति पत्र दिन लागेको चर्चा सुरु भएको छ ।

प्रकाशित मिति २०७२ माघ २९ गते

प्रतिक्रिया