Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

प्रक्रिया मिचेर बंगलादेशमा एमबिबिएस पढ्न अनुमति

शुक्रबार, २९ माघ २०७२

काठमाण्डौँ, २९ माघ । आफैले गरेको निर्णय उल्लंघन गर्दै शिक्षा मन्त्रालयले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न अनमुति दिएको छ ।  मन्त्रालयलाई बेवास्ता गरेर नेपालस्थित बंगलादेश दुतावासले २१ जना विद्यार्थी छनोट गरेको थियो । 

शिक्षा मन्त्री गिरिराजमणी पोखरेल र बंगलादेशका राजदुतबीच सोमबार भएको छलफलमा छनोट भएका विद्यार्थीले त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको प्रवेश परीक्षा उर्तीर्ण भएको भन्दै मन्त्रालयले सुचना जारी गरेको थियो । 

उक्त निर्णयलाई विपरित पहुँचका आधारमा परीक्षामा सहभागी नै नभएका विद्यार्थीलाई अनुमतिपत्र (नो अब्जेक्सन लेटर) दिन लागेको छ ।  ति विद्यार्थीहरु सन् २०१६ को शैक्षिक सत्रमा बंगलादेशमा एमबिबिएस अध्ययन गर्न छनोट भएका हुन् । 

छनोट भएका मध्ये चारजनाको एसएलसी र प्लस टुको प्रमाणपत्र नै नक्कली भएको पाइएको छ ।  नक्कली विद्यार्थीको पहिचान गरेर कारबाही र अन्य विद्यार्थीको प्रमाणपत्रसमेत प्रमाणीकरण गरेको छैन् । 

प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको दबाबमा शिक्षाले मापदण्डसमेत पुरा नगरेका विद्यार्थीलाई बंगलादेशमा एमबिबिएस अध्ययन गर्न पठाउँदैछ । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया