Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

जथाभावी मण्टेस्सरी स्कुल खोल्न नदिईने

आइतबार, २७ भदौ २०७२

भक्तपुर २७ भदौ / मण्टेस्सरी र किन्डनर गार्डेनका नाममा मनलाग्दी रुपमा पूर्व प्राथमिक विद्यालय खुल्ने क्रम बढेपछि जिल्ला शिक्षा कार्यालयले यसमा नियमन गर्ने भएको छ । जिल्लामा कृयाशिल दलका नेताहरु तथा जिल्ला शिक्षा कार्यालय अन्र्तगतका निकायका प्रतिनिधि सम्मिलित बैठकले जिल्लाको शैक्षिक स्थिती सुधारका बारेमा यो सहित विभिन्न निर्णय गरेको छ । 

आवस्यक स्थानमा मात्र विद्यालयहरु स्थापना र स्तरबृद्धि गर्ने सम्वन्धमा भएको निर्णय अनुसार अति आवस्यक भएमा मात्र मण्टेस्सरी र किन्डनर गार्डेन स्थापनाको अनुमति दिने अन्यथा नदिने उल्लेख छ । निर्णयमा भनिएको छ पूर्व प्रा वि, मण्टेश्वरी, किन्डर गार्डेन स्थापना गर्न नगरपालिकाले अनुमति दिने क्रममा पनि अति आवस्यक भएमा मात्र अनुमति दिनको लागि नगरपालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरियो ।

यस अघि जिल्ला शिक्षा कार्यालयले मनलाग्दो रुपमा खोलेका निजी विद्यालयलाई नियमन गरेको थियो । यस पटक मण्टेस्सरी र किन्डनर गार्डेन संगै आवस्यक स्थानमा मात्र विद्यालयहरु स्थापना र स्तरबृद्धि गर्ने, तह बृद्धि गर्ने र जथामावि विद्यालय स्थापना नगर्ने निर्णय भएको हो ।
मुख्य राजनीतिक दलका जिल्ला तहका नेताहरु सहभागि बैठकले सामुदायिक विद्यालयहरुलाई  सुधार गर्ने सम्वन्धमा छलफल गरी सामुदायिक विद्यालयका प्राथमिक तहमा विद्यार्थी संख्या बढाउन, सामुदायिक विद्यालयहरु प्रति समुदायमा विश्वास दिलाउन सवै पक्षले प्रयास गर्ने निर्णय पनि भएको छ ।

यस्तै बैठकले पठनपाठन हुने दिन र समय बृद्धि गर्ने, शिक्षकहरुलाई नियमित पठानपाठनमा लगाउनको लागि अन्य सामाजिक राजनीतिक कार्यमा नलगाउने, अंग्रेजी माध्यममा समेत पठन पाठन गर्ने, सूचना प्रविधिलाई प्रयोगमा ल्याउने, विद्यालयका भौतिक पक्षमा सुधार गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी बैशाख १२ गतेको भुकम्प र त्यस पछिका पराकम्पनहरुले पठनपाठनमा ठूलो क्षती पुर्योएको हुनाले उक्त क्षती पुरा गर्न तथा पाठ्यभार पुरा गर्ने गरी पठनपाठन गर्न, शैक्षिक गुणस्तर बृद्धि गर्न विद्यालयमा बन्द हडतालको प्रभाव पर्न नदिने निर्वाद रुपमा सञ्चालन गर्ने निर्णय भएको छ । बैठकले छिटै मिति तोकी सवैको सहभागितामा भक्तपुर जिल्लालाई साक्षर घोषणा गर्न तयारी गर्ने निर्णय समेत गरेको छ । 

नि:शुल्क तथा अनिवार्य आधारभूत शिक्षाको सुनिश्चत गर्न सकिने गरी शिक्षा विभागसंग  बजेट र कार्यक्रमहरु माग गर्ने, विद्यालय वाहिर रेहका वालवालिकालाई विद्यालयमा भर्ना गर्ने, बालश्रमको अन्त्य गर्ने र जिल्लालाई निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा लागु भएको सुनिश्चत गर्ने समेत बैठकले निर्णय गरेको छ ।  जिल्ला शिक्षा अधिकारी  रमाकान्त शर्माको अध्यक्षतामा बसेको बैठकमा सहायक जिल्ला शिक्षा अधिकारी गोविन्द सेढाइले गतवर्षको कार्यक्रमको समिक्षा र यस बर्षको कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया