Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

गरिबका छोराछोरीले पढ्न पाउनुपर्छ : प्रधानमन्त्री

विहीबार, २८ माघ २०७२

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिब गाउलेका छोराछोरीले पढ्न पाउनुपर्ने बताएका छन् ।  बिहीबारदेखि राजधानीमा शुरु नेकपा एमालेको विद्यार्थी भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २२ औँ महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीे ओलीले यस्तो बताएका हुन् । 

‘अब सबै गरिबका छोराछोरीले पढ्न पाउँनुपर्छ । गाउँ दुर दराजका सबैले पढेपछि मात्रै देशको विकास हुन्छ’ उनले भने ‘यसका लागी सबै युवाले अबको नेतृत्व र राष्ट्र विकासमा ध्यान दिनुपर्छ ।’

करिब पौने घण्टा भाषण गरेका उनले नेपालको शैक्षिक अवस्थाको बारेमा भने ‘स’ पनि उच्चारण गरेनन् ।  अधिकांश समय आफ्नै भातृ संगठन अनेरास्ववियुको बखानमा खर्चेका उनले विद्यार्थी र युवा नै अबको राष्ट्र विकासको आधार भएको जिकिर गरे । 

‘अब बुढापाकाले केही गर्न सक्दैनन् । यो मैले भनिरहनुपर्ने कुरा त होइन्’ उनले भने ‘यसका लागी सबै युवाहरु नेतृत्वमा आउनुपर्छ ।’   

स्ववियुको निर्वाचन अबिलम्ब हुनुपर्छ 

भाषणको अन्त्यमा प्रधानमन्त्री ओलीले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अबिलम्ब गरिनुपर्ने बताए ।  ‘लामो समयदेखि स्ववियुको चुनाव हुन सकेको छैन्’ उनले भने ‘म भन्न चाहन्छु स्ववियुको चुनाव अबिलम्ब हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले चुनाब गर्नेपर्छ र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कुनै निर्देश्न नदिइकनै चुनाव हुनुपर्छ मात्रै भन्नु उनको कार्यकालमा स्ववियु चुनाव नुहने प्रष्ट देखिन्छ ।  विद्यार्थीहरुको क्षमता र नेतृत्वलाई सरकारले ख्याल गरेको भन्दै चुनावको पक्षमा आफु दृढ रहेको उनको जिकिर थियो । 

एमाले पहिलो पार्टी हो 

देशकै प्रमुख कार्यकारी भन्दा एमालेको अध्यक्षका नाताले कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी भएका उनले दर्शकलाई देशमा नाकाबन्दी हट्यो र भुकम्पपीडितले राहत पाउँछन् भन्ने आश्चर्यजनक भनाईले हसाउनु हसाए । 

मुलुक विकासको गतिमा तिब्र रुपमा अगाडी बढेको उनको भनाई थियो । उनले नीति तथा कार्यक्रम र कार्यकर्ताका हिसाबले एमाले नै पहिलो पार्टी भएको जिकिर गरे । ‘आज हेर्नुस, जताततै एमाले छ । युवा, नेता कार्यक्रम र विचार सबै एमालेको छ । र देश पनि एमालेले नै चलाएको छ।’ उनले भने । 

राष्ट्रियताका पक्षमा एमाले सदैव पहिलो पार्टी भएको उनको दाबी थियो । एमालेकै अडानका कारण भारत आफै नाकाबन्दी खोल्न मधेसी दलहरु आन्दोलन फिर्ता गर्न बाध्य भएको प्रधानमन्त्री ओलीले बताए । 

दुई बर्षपछि कहीँ तुइन देखे फोटो खिचेर सिंहदरबार आउनुस 

आफु प्रधानमन्त्री भएकै दिन मन्त्रीपरिषदबाट पहिलो निर्णय गराएका उनले  देशभरका तुइन विस्तापित गरी झोलुंगै पुल हाल्ने फेरी दोहोर्याए ।  भृकुटीमण्डपको चौरभरी रहेका दर्शकलाई उनले त्यतिबेला यसरी हसाए की उनी साच्चैे मजाक नै गरिरहेका छन् । 

उनले अबको दुई बर्षपछि देशका कुनै ठाउँमा पनि तुइन देखे फोटो खिचेर सिंहदरबार आउन निम्ता समेत दिए ।  त्यतिबेला दर्शकदिर्घामा रहेका एमाले समर्थक र पत्रकार मात्र होइन मञ्चमा रहेका सबै शीर्ष नेताहरु गललल हासेका थिए । 

अहिले पनि विद्यार्थीले तुइनबाटै नदी पार गरेर पढ्न जानुपर्ने बाध्यता रहेकोप्रति उनले गम्भिर होइन मजाकको भाषण दिदै विद्यार्थीको समस्यालाई हासोँमा उडाएका थिए ।  आजको भोली नै काम नहुने भन्दै उनले आउँदो बर्षको असार मसान्तबाट काम थाल्ने समेत उद्घोष गरे । तर अहिलेसम्म  त्यो कुनै पनि अध्ययन, काम कारबाही अगाडी बढेको छैन् । 

 

कुनै हालतमा एक बर्षभित्रै लोडसेडिङ हटाउँछु 

लोडसेडिङको समस्याले देश नै ठुलो समस्या मात्र होइन पढे लेखेका विद्यार्थी समेत दिनहुँ १५ सयका दरले बाहिरिएका बेला उनले एक बर्ष भित्रै लोडसेडिङ हटाउने दाबी गरेका छन् । 

‘मान्छेलाई किन मजाक लागिराछ । म एक बर्षभित्र कुनै पनि हालतमा लोडसेडिङ हटाउँछु । झन् हावाबाट टर्वाइन घुमाएर विजुली निकाल्छु भन्दा सबैलाई उद्यम मच्चायो । मैले यो कुरा बुझ्न सकेको छैन् ।’ उनले भने । 

हावाबाट विजुली निकाल्ने र आफुले सोलार बत्ती जोड्ने कुरालाई पनि प्राथमिकतामा राखेको उनको भनाई थियो । 

सके सहमति गर्नुस नसके चुनाब लड्नुस 

अनेरास्ववियुको २२ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका नविना लामा र दीपक गौतमलाई उनले सकेसम्म सहमति गर्न आग्रह गरेका छन् ।  कुनै हालतमा सहमति नभएमात्र चुनाव लड्न र स्वस्थ प्रतिष्पर्धा गर्न पनि उनले विद्यार्थी नेतालाई आग्रह गरे । 

‘म के आग्रह गर्न चाहन्छु भने अहिलेका अवस्थामा धेरै होइन् । कम्तीमा सहमति गर्नुस । यसका लागी कुनै गुट उपगुटको भेला छलफल बैठक होइन् । सकेसम्म सहमति गर्नुस नसके चुनाव लड्नुस ।’ उनले भने । पार्टीमा कुनै पनि गुट उपगुट नभएको उनको जिकिर थियो । स्वस्थ चुनावी प्रतिष्पर्धाबाट जो नेतृत्वमा आएपनि आफुलाई मान्य हुने प्रधानमन्त्रीले ओलीले दोहोर्याए । 

कार्यक्रममा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व महासचिव तथा पूर्वप्रधानमन्त्री माधव नेपाल लगायत सबै एमाले नेताको सहभागिता रहेको थियो ।  कार्यक्रममा एमालेका शिक्षा विभाग प्रमुख तथा पूर्वशिक्षामन्त्री गंगालाल तुलाधार भने अनुपस्थित थिए । 

 

प्रतिक्रिया