Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

पुस्तक प्रदर्शनीमा २२ लाखको कारोबार

बुधबार, २७ माघ २०७२

काठमाडौँ, २८ माघ । भृकुटी मण्डपमा जारी वृहत पुस्तक प्रदर्शनीमा हालसम्ममा रु २२ लाखको कारोबार भएको छ ।  डिकुरा पब्लिकेसनले गत बिहीबारदेखि सुरु गरेको सो प्रदर्शनीमा दुई हजार लेखकका पुस्तक राखिएका छन् । 

संयोजक पुण्यप्रसाद प्रसाइँका अनुसार राखिएका पुस्तकमध्ये सबैभन्दा बढी ‘हजार आशाहरु’, ‘सङ्क्रमणकाल’ र ‘कुटनीतिका तीन दशक’ नामक पुस्तक पाठकले बढी रुचाएका छन् । पुस्तक हेरी १५ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । 

सुरुवातको केही दिन नाकाबन्दी नै रहेकाले आशाअनुरुप किताब बिक्री नभएको प्रसाइँले बताए । नाकाबन्दी खुलेसँगै किताब बिक्रीको दर बढेको छ ।  फागुन २ गतेसम्म जारी रहने प्रदर्शनीमा रु एक करोडको कारोबारको लक्ष्य लिएको छ ।

रासस

प्रतिक्रिया