Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

नक्कली शैक्षिक योग्यताका चिकित्सक पक्राउ

मंगलबार, २६ माघ २०७२

काठमाडौँ, २६ माघ । नक्कली प्रमाणपत्र पेस गरी चिकित्सकको जागिर खाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत राजेन्द्रप्रसाद दासलाई सोमबार पक्राउ गरेको छ । 

राजविराज–३ निवासी दासलाई अनुसन्धानका लागि ब्युरोको टोलीले काठमाडाँै लगेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।  अभियुक्त दासको प्रमाणपत्र नक्कली परेकाले पक्राउ गरिएको बताइए पनि कुन प्रमाणपत्र नक्कली हो भन्ने खुलाइएको छैन । 

यसअघि शनिबार र आइतबार गरी प्रहरी र सिआइबीले १३ जना चिकित्सकलाई नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै पक्राउ गरिसकेको छ। 

रासस 

 

प्रतिक्रिया