Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

भारतीय विद्यालय छानबिन गर्न समिती गठन 

मंगलबार, २६ माघ २०७२

काठमाडौँ, २६ माघ । शिक्षा मन्त्रालयले केही भारतीय सम्बन्धनका शिक्षालयले सञ्चालन गरेका खुला प्रकृतिको विद्यालय शिक्षासम्बन्धी कार्यक्रमको गुणस्तर, समकक्षता र समयावधिबारे अध्ययन गर्न सहसचिव डा लवदेव अवस्थीको संयोजकत्वमा तीन समिति गठन गरेको छ । 

समितिमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेल र उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम महाशाखाका प्रमुख जङ्गबहादुर अर्याल सदस्य रहेका छन् ।  समितिले पहिलो चरणमा भारतको राष्ट्रियमुक्त विद्यालय संस्थान अन्तर्गतका कार्यक्रमबारे अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिनुभयो । सो विद्यालयबाट नेपालमा चार खुला प्रकृतिका विद्यालय सञ्चालित छन् । 

मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी सम्बन्धनका विद्यालयलाई कानुनी दायरामा ल्याउन पहल गरिरहेको छ । अनुमति नलिए आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालनमा रोक्का गराउने निर्णय गरिएको छ । 

मन्त्रालयले बङ्गलादेशमा चिकित्सा शिक्षाका लागि छनोट हुने विद्यार्थीको मापदण्ड, ‘नो अब्जेक्सन लेटर’ र द्विपक्षीय अनुभव आदानप्रदानका लागि परराष्ट्र मन्त्रालय मार्फत समन्वय गर्ने निर्णय पनि गरेको छ ।

रासस 

 

प्रतिक्रिया