Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

पाठ्यपुस्तक छपाइ निजी प्रेसलाई दिन माग

सोमबार, २५ माघ २०७२

काठमाडौँ, २५ माघ । नेपाल मुद्रण उद्योग महासङ्घले सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाइका लागि निजी प्रेसलाई अनुमति दिनुपर्ने माग गरेको छ । 

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महासङ्घले जनक शिक्षा सामग्री केन्द्रले मात्र समयमै सबै पाठ्यपुस्तक छपाइ गर्न नसक्ने जिकिरसहित निजी प्रेसलाई समेत पाठ्यक्रम विकास केन्द्रमार्फत सो अधिकार प्रदान गर्न माग गरेको हो । 

निजी मुद्रण उद्योगलाई पाठ्यक्रम छपाइको जिम्मेवारी दिन विगत देखिनै महासङ्घले माग गर्दै आएको थियो ।  निजी प्रेसलाई हालसम्म कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक मात्रै छपाइ तथा बिक्री वितरण गर्ने अनुमति दिइएकाप्रति आपत्ति जनाउँदै कक्षा ८ सम्मको जिम्मेवारी दिन माग गरिएको संस्थाका अध्यक्ष माधव केसीले बताए । 

रासस 

 

प्रतिक्रिया